लुम्बिनीबाट एसईईमा ८९ हजार विद्यार्थी सहभागी हुँदै, निर्धक्क भएर परीक्षा दिन मुख्यमन्त्रिको आग्रह

घरसञ्चार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आजबाट सुरु हुन थालेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सहभागी सम्पूर्ण परीक्षार्थीहरुलाई डर, त्रासविना उच्च मनोबलका साथ परीक्षा दिन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले परीक्षा स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन सबै पक्षको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय प्रशासन, स्थानीय तह, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक, पत्रकार तथा नागरिक समाजलाई आवश्यक सहयोग गर्न अपिल गरेका हुन ।

यसवर्ष लुम्बिनी प्रदेशबाट नियमित (साधारण तथा प्राविधिक धार) तर्फ ७२ हजार ८० जना र ग्रेडवृद्धि तर्फ १६ हजार ९ सय ३७ जना गरी कूल ८९ हजार १७ जना परीक्षार्थी सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि प्रदेशका १२ वटै जिल्लामा ३३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन ३३८ केन्द्राध्यक्ष, ६३७ सहायक केन्द्राध्यक्ष, ४ हजार ४ सय ६७ निरीक्षक, ६ सय ६९ परीक्षा सहायक र ६ सय ७६ कार्यालय सहयोगी गरी ६ हजार ७ सय ८७ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *