महिलालाई बिजय लघुबित्त गढवा शाखाको वित्तीय साक्षरता तालिम

घरसञ्चार

दाङ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखाले एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सँस्थाको केन्द्रीय कार्यक्रम अनुसार गढवा शाखाले बित्तिय साक्षरता कार्यक्रम गरेको हो ।
सँस्थाका केन्द्रीय अनुगमन अधिकृत कुम बहादुर थापाको शभापतित्व तथा गढवा-६ का वडाध्यक्ष वीर बहादुर आलेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी वडाध्यक्ष आलेले वित्तीय साक्षरता अहिलेको आवश्यकता भएको बताउँदै लघुवित्त संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । उनले भने, “महिलाहरुको वित्तीय सशक्तिकरणबाट मात्र घर–परिवार र समुदायको समग्र विकास सम्भव हुन्छ । यस्तो खालको कार्यक्रम निरन्तर हुन आवश्यक छ ।”

कार्यक्रममा बिजय लघुबित्त बित्तिय संस्थाका केन्द्रीय अनुगमन अधिकृत कुम बहादुर थापाले
बैंकिङ प्रणाली, बचत, लगानी र ऋणको प्रभावकारी उपयोगबारे जान्नुपर्ने बताए । उनले हामी समुदायसम्म पुगेर वित्तीय साक्षरता अभियानलाई अझ प्रभावकारी बनाउने लक्ष्यमा रहेको बताउँदै यसले वित्तीय पहुँच र सचेतना दुबै बढ्ने कुरामा बिश्वास ब्यक्त गरे ।
तालिममा सँस्थाको काम कर्तब्य र अधिकार अन्तरगत बचतको महत्त्व, ऋण व्यवस्थापन, डिजिटल बैंकिङ प्रणाली, बीमा प्रणाली, आम्दानीका स्रोत, बैँक तथा बित्तिय कालो सुचि लगायतका बारेमा प्रशिक्षण दिईएको थियो ।

कार्यक्रममा सहभागीहरुलाई आफ्नो आर्थिक व्यवहार सचेतपूर्वक गर्न प्रोत्साहित गरिएको थियो । विजय लघुवित्तका प्रतिनिधिहरुले वित्तीय योजना बनाउने तरिका, नियमित बचतको अभ्यास र ऋण चुक्ता प्रणालीबारे जानकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले भने “बचत मात्र नभई ऋण लिँदा योजना बनाएर मात्र लिनुपर्छ भन्ने कुरा महत्वपूर्ण रहेछ ।” सँस्थाका गढवा शाखा प्रमुख निमबहादुर थापाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा समाजसेबी तथा बुद्धिजीवी बिष्णु बेलवासे, देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सहसचिब पखरी यादब लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण कर्मचारी अर्जुन कुमार सुबेदीले गरेका थिए । कार्यक्रममा ४० जना सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *