लमहीमा मोटरसाईकल आपसमा ठोक्किदा दुईजना घाईते

घरसञ्चार
दाङ । लमहीमा दुई मोटरसाईकल ठोक्किदा दुईजना घाईते भएका छन ।

गढवाबाट लमही तर्फ आउँदै गरेका रा ५ प ९७२६ नम्बरको मोटरसाईकल र सोही दिशातर्फ आउँदै गरेको रा २ प ९५४१ नम्बरको मोटरसाईकल लमही नगरपालिका कार्यालय नजिक एक-आपसमा ठोक्किदा दुईजना घाईते भएका हुन ।
दुर्घटनामा परी चालकद्वय दाङ लमही-६ देउपुर बस्ने बर्ष २० का कमल कुमार राई र लमही-५ बयलडाँडा बस्ने बर्ष ४० का राम जिबन चौधरी घाईते भएका छन । घाईते मध्य चौधरीलाई लमही अस्पतालमा सामान्य उपचार पश्चात काठमाण्डौ रेफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुषालले जानकारी दिए । राईको भने लमही अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *