नेपाली काँग्रेसको एकसय दिने अभियान लमहीमा पनि शुरु

घरसञ्चार
लमही । नेपाली काँग्रेसले एकसय दिने विशेष अभियान शुरु गरेको छ ।
घरदैलोमा पुगेर जनताका कुरा सुन्ने र कार्यान्वयन गर्ने हेतुले देशैभर अभियानको शुरुवात गरिएको हो । दाङमा पनि यो अभियान आईतबार देखि शुरु भएको छ । लमही नगरपालिका अन्तरगतका प्रत्यक वडामा यो अभियानको उद्घाटन गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ र ९ मा पनि अभियानको शुरुवात गर्नुका साथै प्रत्यक टोलमा जाने गरि मिती तय समेत गरिएको छ ।

लमही-७ को अभियानलाई उद्घाटन गर्दै प्रमुख अतिथी जिल्ला प्रतिनिधि तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य सुवास न्यौपानेले काँग्रेसलाई मजबुत बनाउन स्थानिय स्तरबाटै लाग्नुपर्ने बताए । देशको आबस्यक्ता काँग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उनले सबै नेता कार्यकर्ता आपसमा मिलेर जानुपर्ने बताए । सोही अबसरमा ६ जनालाई सदस्यता बितरण गरिएको थियो । नेपाली काँग्रेस लमही ७ का सभापती शालिकराम चौधरीको शभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिब निरञ्जन सिँहले गरेका थिए ।

त्यस्तै लमही-९ मा पनि अभियानको थालनी गरिएको छ । वडा सभापती लिलाधर खड्काको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रतिनिधि तथा महासमिती सदस्य मोहन गिरीले यो अभियानले एकताको सन्देश दिने बताए । एकता बद्द भएर जनताको सेवामा तल्लिन हुनुपर्ने बताउदै उनले काँग्रेसको जग बलियो बनाउनुपर्ने कुरामा जोड दिए । उनले गुट र उपगुटलाई त्यागेर आत्मियता र सामिप्यता सहित अग्रसर हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *