सानाकिसानको साधारण सभामा किसान सम्मानित

घरसञ्चार
दाङ । सानाकिसान सहकारी सँस्थाले २७ बढि किसान हरुलाई सम्मान गरेको छ ।
सानाकिसान सहकारी सँस्था लिमिटेड सतबरियाले आफ्नो २१ औँ साधारण सभाको उपलक्ष्यमा उत्कृष्ट किसान, म्यादी बिमा किसान, एकल र जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । उत्कृष्ट किसानको रुपमा सँस्थामा आबद्ध सुबर्णी चौधरी, रिमा चौधरी र पबित्रा कुमारी चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । त्यस्तै जेष्ठ नागरिक प्रेम बहादुर कवर, पतिराम चौधरी, प्रेमलाल चौधरी, जौराम चौधरी, गयाराम चौधरी, शालिकराम चौधरी, जयमाला घर्ती, चमेली चौधरी र मोहनलाल चौधरी सम्मानित भएका हुन । सँस्थाले एकल महिलाहरुलाई पनि भब्य सम्मान गरेको छ । लक्ष्मी थापा, कृष्णादेबी शर्मा, प्रिति थापा, तेजमा कवर, लक्ष्मी थापा, बेलमती गिरी, भुमा पुन मगर, प्रेमपति चौधरी, जुद्व कुमारी वली र शुसिला चौधरी सम्मानित भएका हुन । त्यस्तै म्यादी बिमा तर्फ पबित्रा पुन मगर, निर्मला घर्ती मगर, सिमा चौधरी, रिता खत्री र दिलमाया घर्तिलाई सँस्थाले भब्य सम्मान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै लमही नगरपालिकाकि उपप्रमुख लक्ष्मी योगीले सँस्था बलियो भए आफुपनि बलियो हुने भएकाले सक्रिय भएर लाग्नुपर्ने बताए । सँस्थामा आबद्ध भएपछि ब्याच, ऋण र बचत बेलैमा बुझाउनुपर्ने र सँस्थाले पनि किसानको हकहितका निम्ति उद्यम बिकाश तर्फ अग्रसर हुनुपर्ने बताए । कार्यक्रमकि प्रमुख अतिथी समिती रहेकी उपप्रमुख योगीले आयआर्जनमा लाग्दै जिविको पार्जनतर्फ लागेर आत्मनिर्भर बन्नुपर्ने कुरामा जोड दिए । सिपमुलक तालिममा समाबेश भएर खेर जाने बस्तुलाई प्रयोगमा आउनेगरी उत्पादनमा जोडिनुका साथै तालिमको आबस्यक परे वडा र नगरपालिकाले त्यसको ब्यबस्था गर्ने समेत प्रतिबद्धता गरे ।

कार्यक्रमका विशिष्ट अतिथी लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उमेश कुमार खड्काले सहकारी देश बिकाशको मेरुदण्ड भएकाले यसको संरक्षण र चलायमानका लागि सबै भुमिकामा रहनुपर्ने बताए । सँस्थाको बिकाशका लागि वडाले गर्नुपर्ने सहयोगमा कन्जुसाई कहिल्यै नहुने बताउदै त्यसको लागि किसान साथीहरुपनि मेहनतका साथ अग्रसर हुनुपर्ने कुरामा जोड दिए । सँस्थाकि उपाध्यक्ष पबित्रा पुन मगरको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सँस्थाकि प्रबन्धक अमृ कुमारी थापाल आर्थिक प्रतिबेदन, लेखा समिती सँयोजक कमला चौधरीले लेखा प्रतिबेदन प्रस्तुत गरेकि थिईन भने बार्षिक प्रगती प्रतिबेदन सँस्थाका अध्यक्ष तेजमणी ज्ञावलीले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शिद्व सचेतना बचत तथा ऋण सहकारी सँस्थाकि अध्यक्ष सर्मिला श्रेष्ठ,
लमही नगरपालिकाकि सहकारी प्रमुख लक्ष्मी सुवेदी, सानाकिसान बिकाश लघुबित्त बित्तिय सँस्था ईलाका कार्यालय नेपालगञ्जका प्रबन्धक विशाल तुलाधर, सानाकिसान कृषि सहकारी सँस्था लक्ष्मिपुर दाङका अध्यक्ष गोबिन्द प्रसाद शर्मा, कृषि सहकारी संघ दाङकि अध्यक्ष पद्मा आचार्य, नेपाल कृषि सहकारी केन्द्रिय संघका सुपरीबेक्षण समितीका सदस्य चिरञ्जीवी केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सहजिकरण सँस्थाका सदस्य जितबहादुर बुढा मगरले गरेका थिए ।
