हराईरहेका चौधरीलाई बाढीले बगाएको आशँका, खोजिकार्य जारी

घरसञ्चार
दाङ । लमही नगरपालिका वडा नम्बर ८ निवासी ६२ बर्षिय मनिराम चौधरीलाई बाढीले बगाएको आशँका गरिएको छ ।
शनिबार बिहानै घरदेखी निस्केका उनी बेलुका सम्म घर फर्किएका छैनन् । उनका छोरा किशन चौधरीका अनुसार मनिराम बिहानै देखि घरमा छैनन् । अबेर सम्म घर नफर्किएपछि किसनले प्रहरीलाई खबर गरेका थिए । प्रत्यक्ष दर्शि बसन्ता बस्यालका अनुसार बगरापुर कुलोमा एकजना बगिरहेको आफुले देखेको बताईन । तर बगिरहेको ब्यक्ति मनिराम हुन कि अरु कोही भन्ने एक्किन हुन सकेको छैन । हराएको अथवा बगेको भन्ने अन्य कुनै जानकारी नआएकोले पनि मनिराम बगेकै हुनसक्ने प्रहरीको आँकलन छ ।

लमही नगरपालिका ८ बगरापुर स्थित कुलोमा बगेर उनी राप्ती नदिमा गएर ब्यपत्ता भएको हुनसक्ने आशँका छ । बेलुका सम्म घर नफर्किएपछि उनी बगेकै हुनसक्ने ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए । अबेर सम्म घर नफर्किएपछि मनिराम नै हुन कि भन्ने प्रहरीले आँकलन गरेको छ । उनको खोजी कार्य भईरहेको अमिलिया प्रहरी प्रमुख श्रेष्ठले बताए । लमहीकै ७ नम्बर वडाको हसनापुरबाट पनि बगेर एकजना ब्यपत्ता भएका छन । दूध बेचेर फर्किदै गर्दा राजपुर-२ निवासी १८ बर्षिय राजकुमार यादब बेपत्ता भएका हुन । उनिसँग भएका अन्य दुईजना लाई भने सकुशल उद्वार गरिएको सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाका प्रमुख पुरण चन्द्र भट्टले जानकारी दिए । उनकोपनि खोजि भईरहेको प्रहरीले बताएको छ ।
