ट्रक र मोटरसाईकल ठोक्किदा एकजना घाईते

घरसञ्चार
दाङ । दाङको देउखुरीमा ट्रक र मोटरसाईकल ठोक्किदा एकजना घाईते भएका छन ।

लमही नगरपालिका वढा नम्बर ४ अर्नवा मोडमा मङ्गलबार नवलपरासीबाट महेन्द्र नगर जाँदै गरेको सु.प.प्र.०२-००१ ख १२७५ नम्बरको ट्रक र बिपरित दिशा बाट जाँदै गरेको लु ९६ प ९३७७ नम्बरको मोटरसाईकल ठोक्किएका हुन । दुर्घटनामा परी मोटरसाईकल चालक बुद्वभुमि नगरपालिका वडा नम्बर १ भेलाही कपिलबस्तु बस्ने बर्ष २९ का खुमराठ पौडेल घाईते भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसालले बताए ।

उनका अनुसार घाईतेको दाहिने खुट्टा, मुख र कम्मरमा चोट लागेको छ । लमही अस्पतालमा प्राथमिक उपचार पश्चात् बुटवल रिफर गरिएको प्रहरीले बताएको छ । ट्रक सहित चालक चुरे गाउँपालिका वडा नम्बर ६ कैलाली बस्ने बर्ष २५ का सन्तोष साउद र मोटरसाईकल लमही प्रहरीको नियन्त्रण छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *