संविधान दिवसमा नेकपा (एमाले) लमहीको विशेष कार्यक्रम सम्पन्न

घरसञ्चार असोज ३, लमही । देशले नयाँ संविधान हासिल गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै शनिबार दाङको लमहीमा नेकपा (एमाले) नगर कमिटीले विशेष कार्यक्रम सम्पन्न गरेको छ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा संविधान दिवसलाई राष्ट्रिय गौरवको रूपमा मनाइएकाे थियो । नेकपा (एमाले) लमही नगर कमिटीका अध्यक्ष रतन कुमार के.सीको…

Read More

संविधान दिवसमा नेपाली कांग्रेसको विचार गोष्ठी, आन्दोलनका सहिद प्रति श्रद्धाञ्जलि

घरसञ्चार देउखुरी । संविधान दिवसको अवसर पारेर नेपाली कांग्रेसले लमहीमा बिचार गोष्ठी सम्पन्न गरेको छ । नेपाली काँग्रेस लमही नगर कार्यसमिति देउखुरीको आयोजनामा शनिबार कार्यक्रम भएको हो । “वर्तमान सन्दर्भमा संविधानको आवश्यकता र महत्व” विषयक विचार गोष्ठीमा पार्टीका विभिन्न तह–तहका नेताहरूले संविधानको महत्व, यसको कार्यान्वयनमा देखिएका चुनौती र मुलुकलाई स्थिरता दिलाउनुपर्ने विषयमा आफ्नो मन्तव्य व्यक्त…

Read More

जेनजी आन्दोलनमा लुम्बिनी प्रदेशभरी सबैभन्दा बढी क्षति दाङमा

घरसञ्चार दाङ, २ असोज । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशभर दुई सय ५३ वटा भौतिक संरचनामा तोडफोड तथा आगजनी भएको छ । सरकारी, पार्टी र निजी संरचना तोडफोड तथा आगजनीमा परेका छन् । इन्सेकले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार, १२ जिल्लामध्ये सबैभन्दा बढी क्षति दाङमा भएको छ । दाङमा मात्रै ५० सरकारी कार्यालयसहित ७५ संरचनामा क्षति…

Read More

‘समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान’ लिएर महाकाली-मेची यात्रामा युवाको टोली

घरसञ्चारदाङ । ‘समृद्ध राष्ट्र निर्माणका लागि संकल्प अभियान’ लिएर युवाको टोली महाकाली-मेची यात्रामा निक्लिएको छ । कञ्चनपुरको गड्डाचौकीबाट ‘स्वतन्त्रको एकता महाकाली–मेची यात्रा’मा निस्किएको टोली देउखुरीको लमही आएर पत्रकार सँग भेटघाट गरेको हो । यात्रामा निस्किएको टोली दोस्रो दिन मंगलवार देउखुरीको लमहीमा पुगेर बुधवार बिहान पत्रकार समक्ष आफ्ना अभियानका बारेमा प्रष्टाएका थिए । ‘समृद्ध राष्ट्र निर्माणका…

Read More

कांग्रेस दाङले बिपी जयन्तीमा वक्तृत्वकला प्रतियोगिता गर्ने

घरसञ्चारदाङ, १७ भदौ । नेपाली कांग्रेस दाङले अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ । नेपाली कांग्रेसका संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति महामानव विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्तीको अवसरमा भदौको २४ गते नेपाली कांग्रेस दाङले अन्तर माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गर्न थालेको हो । नेपाली कांग्रेस दाङका सचिव अर्जुनकुमार…

Read More

लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रि स्तरीय बैठक : सहकार्यका नौ निर्णय

घरसञ्चारदाङ । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका-१ मालुङ्गा, खाँडामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गरेका हुन् । मुख्यमन्त्री चेतनारायण…

Read More

अखिल नेपाल शिक्षक संगठन दाङको तेस्रो जिल्ला बैठक सम्पन्न

श्रवण कुमार यादवदाङ । अखिल नेपाल शिक्षक संगठन दाङ जिल्ला समितिको तेस्रो जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रम आईतबार घोराहीमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेकपाका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नेता सबिन सीले शिक्षा, समाजवाद र राजनीतिक पुनर्गठनका विषयमा धारणा राख्दै नयाँ वैज्ञानिक समाजवादको आवश्यकता औँल्याएका छन् । उनले भने, “हाम्रो पार्टीको…

Read More

रोजगारीका लागि बेलायत गएका वडाध्यक्ष फर्केर कार्यपालिका बैठकमा पुगेपछि…

घरसञ्चारदाङ, भदौ १५ । एक वर्ष पहिले ऋण तिर्न भन्दै विदेश गएका दाङ देउखुरीका एक जना वडाध्यक्ष स्वदेश फर्किएका छन् । देउखुरीको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरूङ एक साताअघि बेलायतबाट फर्किएका हुन् । अघिल्लो साउन १७ गतेदेखि लागू हुने गरी एक जना वडा सदस्यलाई कार्यवाहक दिएर उनी रोजगारीको खोजीमा बेलायत गएका थिए । अघिल्लो…

Read More

वडाध्यक्ष पदबाट हटाएको भन्दै घोराही उपमहानगरलाई ‘कारण देखाउ’ आदेश

घरसञ्चारदाङ । घोराही-८ का निबर्तमान वडा अध्यक्ष जितेन्द्र शाहलाई वडाध्यक्ष पदबाट हटाएको भन्दै उच्च अदालत तुलसीपुरले ‘कारण देखाउ’ आदेश जारी गरेको छ । अदालतले घोराही उपमहानगर पालिकाको नाममा आदेश जारी गरेको हो । आफुलाई अन्यायपुर्बक वडा अध्यक्ष पदबाट हटाई कार्यपालिका बैठकमा पनि मानमर्दन गर्ने किसिमले दुर्ब्यबहार गरिएको भन्दै वडाध्यक्ष शाहले उच्च अदालत तुलसीपुरमा रिट दायर…

Read More

निशुल्क रुपमा शैक्षिक डकुमेन्ट पठाउने ब्यबस्था मिलाउन नेविसंघको माग

घरसञ्चारदाङ । नेपाल विद्यार्थी संघ (नेविसंघ) दाङले जिल्लाबाट काठमाडौंलगायतका विभिन्न स्थानमा निशुल्क रुपमा शैक्षिक डकुमेन्ट पठाउने व्यवस्था मिलाउन माग गरेको छ । नेविसंघ दाङले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार तथा त्रिशिद्देश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाललाई मंगलवार ज्ञापनपत्र बुझाउँदै नेविसंघले विद्यार्थीले भोगिरहेको चर्काे शुल्क तिर्नुपर्ने समस्या समाधानका लागि माग गरेको हो ।…

Read More