भैलोबाट संकलित रकमले बिकटका बद्यार्थीलाई कपडा र शैक्षिक सामाग्री
 
			घरसञ्चार
दाङ । देउसी-भैलो खेलेर संकलन भएको रकमबाट राजपुरको बाल ज्योति आविलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ ।
डि टु कला केन्द्र र ए आइ एमएस डान्स एकेडेमीले संयुक्त रुपमा देउसी-भैलो खेलेर संकलन भएको रकमबाट राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाकामा रहेकोे बाल ज्योति आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीका लागी शैक्षिक सामग्री वितरण गरेको हो ।
डिटु कला केन्द्रका अध्यक्ष दिपक बर्मा, आकाश जैसवाल लमही, जनक कुमल राजपुर, ज्याक सोन.ओली राजपुर, तिलक कुमाल राजपुर, अर्जुन बस्नेत राजपुर, बसन्त खड्का राजपुर, बिमल सेर्पाली लमही, नारायण पुन मगर लमही, बृन्देस बुढाथोकी लमही, चन्द्र राना राजपुर लगायत बिद्यालयमा पुगेर सामाग्री बितरण गरेका हुन । भैलोका क्रममा गगन वली, वसन्त खड्का, तिलक रामिजाल लगायतका राजपुर युवा टिमले महत्वपुुर्ण भुमिका निर्बाह गरेको थियो । उनिहरुले भैलो टिमलाई नास्ता, पानी सहयोग गर्दै आफू सँगै हिडाएका थिए । सोही भैलो टिमले बिद्यार्थीलाई सामाग्री बितरण गरेको हो । सहयोग गर्ने राजपुर युवा टिमलाई भैलो समुहले धन्यबाद समेत ज्ञापन गरेको छ ।

उनिहरुले विद्यालयका प्रधानाध्यापक गन बहादुर वलीलाई ५० हजार बराबरको शैक्षिक सामग्री एवम् न्यानो कपडा हस्तान्तरण गरेका हुन् । दुर्गम क्षेत्रको विद्यालयमा अध्ययनरत निम्न वर्गका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री प्रदान गर्ने प्रमुख उद्वेश्यका साथ डि टु कला केन्द्र र ए आइ एमएस डान्स एकेडेमीको संयुक्त आयोजनामा ३३ जनाको टिमले देउसी-भैलोबाट संकलन भएको रकमले सामाग्री बितरण गरेका हुन ।






 
			