दाङमा मोटरसाईकल दुर्घटनामा परी दुईजना घाईते

घरसञ्चार
तुलसीपुर, १७ भदौ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुर पार्क नजिकै सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका हुन् ।

तुलसीपुरबाट गोठिखोलातर्फ जाँदै गरेको रा ७ प ९०९९ नम्बरको मोटरसाइकल सोमबार राति करिब साढे ९ बजे अनियन्त्रित भई पल्टिँदा चालक २९ वर्षिय प्रेम बुढाथोकी र पछाडी सवार ३४ वर्षिय भिम बहादुर खड्का घाइते भएको प्रहरीले जनाएको छ । चालक बुढाथोकीको मुख, कान र टाउकोमा चोट लागेर अवस्था मध्यम रहेको र थप उपचारका लागि घोराही लगिएको छ । यस्तै खड्काको हातमा सामान्य चोट लागेकोले उपचारपछि सोमबार राति नै डिस्चार्ज गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *