आज सुनको भाउ : तोलाको २ लाख ५ हजार ९ सय रुपैया

घरसञ्चार
काठमाण्डौं, १७ भदौ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ दुई लाख पाँच हजार तीन सय रुपैयाँ थियो भने अस्ति पनि सुन तोलाको दुई लाख तीन हजार छ सय रुपैयाँ कायम गरी कीर्तिमान कायम गरेको थियो ।

चाँदीको भाउ पनि आज बढेको छ । चाँदी आज तोलाको १५ रुपैयाँले बढेर दुई हजार चार सय ८५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार चार सय ७० रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *