राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा चश्मा पसल संचालनमा

घरसञ्चार
दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङले चश्मा पसल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानमा मङ्गलबार एक कार्यक्रमका बिच पसलको उद्घाटन गरिएको हो । प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले रिबन काटेर चश्मा पसलको उद्घाटन गरेका हुन ।
सो अवसरमा बोल्दै उपकुलपति लामीछानेले आँखाको उपचारको लागि प्रतिष्ठान भरपर्दो र बिश्वसनिय सेन्टरको रुपमा बिकास भइरहेको बताए । दक्ष विशेषज्ञ चिकित्सकबाट आँखाको उपचार सेवा प्रतिष्ठानले दिइरहेको बताउदै अब चश्मा पसल पनि सन्चालनमा ल्याएर बिरामीलाई सेवामा सहजता दिन थालिएको बताए । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्राडा जनार्दन पन्थि र सह-निर्देशक तथा आँखा रोग विशेषज्ञ डा. सुरेश रसाईलिको उपस्थितिमा चश्मा पसल उद्घाटन गरिएको हो । आँखा अस्पताल रक्षाचौरमा लामो समय काम गरेर अनुभब बटुल्नु भएका आँखा रोग विशेषज्ञ डा. रसाईलिकै अगुवाइमा आँखा साना तथा ठुला अप्रेसनहरु भइरहेका छन ।