स्व. सहायक प्रहरी निरिक्षक जोशीको स्मृतिमा अक्षय कोष स्थापना

श्रवण कुमार यादव

दाङ । राजपुर गाउँपालिका-२, मटेरिया स्थित जन ज्योति माध्यमिक विद्यालयमा आइतबार स्व. शिवा कुमारी जि.सी. जोशी स्मृति अक्षय कोष स्थापना भएको छ ।

लमही नगरपालिका-५, लमही गोरक्ष टोल निवासी पत्रकार भानदेव जोशी (भानु) ले स्वर्गीय धर्मपत्नी शिवा कुमारी जि.सी. जोशीकाे स्मृतिमा वार्षिक पुण्यतिथिकाे अवसरमा ५१ हजार ५ सय ५५ रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरेका हुन ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमरराज गिरीको अध्यक्षता तथा वुद्धिजीवी, समाजसेवी एवम् स्व. शिवा कुमारीका दाजु हेम कुमार जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अक्षयकोष संस्थापक तथा स्व. शिवाको श्रीमान भानदेव जोशी, राजपुर गाउँपालिका वडा नं २ का पूर्व वडा सदस्य अर्जुन जिसी, समाजसेवी सन्तबहादुर वली, सञ्चारकर्मी नवराज गुरुङ र टेकेन्द्र वली लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक केशवराम यादवले स्व. शिवा कुमारीको योगदान स्मरण गर्दै उक्त अक्षय कोष विद्यालय र विद्यार्थीहरूको हितमा महत्वपूर्ण हुने बताए । प्रमुख अतिथि हेमकुमार जिसीले आफ्नी बहिनीको नाममा स्थापना गरिएको कोषलाई शिक्षा र मानव सेवाको प्रतीकका रूपमा अघि बढाउन आग्रह गर्दै यो कोषले नयाँ पुस्तालाई प्रेरणा दिने कुरामा जोड दिए ।

कार्यक्रममा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरराज गिरीले कोषको पारदर्शिता र प्रभावकारी उपयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । स्वर्गीय जिसी नेपाल प्रहरीका सहायक प्रहरी निरिक्षक थिईन । उनको प्रेसरका कारण एकबर्ष अघि आजैका दिन काठमाण्डौमा उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *