साइकल अनियन्त्रित भई एकजना गम्भीर घाइते

शिवु खनाल
देउखुरी, २५ साउन । देउखुरीमा साइकल अनियन्त्रित हुदाँ एकजना गम्भीर घाइते भएका छन् ।
पुर्बबाट पश्चिम तर्फ जाँदै गर्दा लमही नगरपालिका-७ बनघुस्रीमा साईकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ८ भाैका निवासी ४५ वर्षिय श्रवण चाैधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख भवानी प्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार आइवार विहान दशबजे पूर्वपश्चिम महेन्द्र राजमार्गमा साईकल अनियंत्रित भई दर्घटना हुदाँ चाैधरी गम्भीर घाइते भएको बताए । चाैधरीकाे टाउकोमा गम्भीर चाेट लागेका कारण लमही अस्पतालबाट थप उपचारको लागि घाेराही रिफर गर्ने तयारी भइरहेको छ ।