नेपाली काँग्रेस लमही-७ को दशै मिलन कार्यक्रम सम्पन्न

घरसञ्चार
दाङ । नेपाली काँग्रेस लमही वडा नम्बर ७ ले दशै मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
नजिकिदै गरेको बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान संगै बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाली काँग्रेस वडा समितीले वडाकै हसनापुर स्थित जैबिक बिबिधता पार्कमा भेटघाट तथा दशै मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ का वडा सभापती शालिकराम चौधरीको शभापतित्व तथा महासमिती सदस्य जाजकिलाल बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा महासमिती सदस्य मोहन गिरी, महाधिबेशन प्रतिनिधि मधु न्यौपाने, लुम्बिनी प्रदेश सदस्य शुवास न्यौपाने, जिल्ला सदस्य सरोज शाह, तरुणदल क्षेत्र नम्बर १ का अध्यक्ष किरण बिक्रम शाह, लमही नगर सभापती सन्तोष बुढाथोकी, तरुणदल लमही नगर अध्यक्ष बिनोद बुढाथोकी, वडा-१ का वडाध्यक्ष दामोदर पौडेल, वडा ३ का मनोज कुमार चौधरी, ८ का उमेश कुमार खड्का, ९ का भेषबहादुर केसी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस वडा नम्बर ७ का सचिब निरञ्जन सिँहले गरेका थिए ।