देउखुरीमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घरसञ्चार

दाङ । लमही नगरपालिका ७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा गयराति बोलेरोको ठक्कबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका -६ बस्ने वर्ष ५५ का समुन्दर चौधरी रहेका छन । जिल्ला प्रहरी कार्यालय दाङको जानकारी अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र पश्चिमबाट पुर्ब दिशातर्फ आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि लमही अस्पताल पठाइएकोमा चिकित्सकले राति ११:५५ बजे मृत घोषणा गरेका थिए । बोलेरो पिकअप जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ जिमुवाका २१ वर्षीय दुलराज पल्ली मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनापछि प्रहरी चौकी सतबरिया दाङबाट प्रहरी सहायक निरीक्षक रामसागर चौधरीको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय अमिलिया दाङबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *