देउखुरीमा मोटरसाईकल दुर्घटना हुँदा दुईजना घाईते

घरसञ्चार
दाङ । देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पती घाइते भएका छन् । घाइते हुनेमा लमही नगरपालिका-५ निवासी शोभाकर घिमिरे र उनकी श्रीमती ५३ वर्षीया विमला घिमिरे रहेका छन ।
दम्पती भारतको तुलसीपुरबाट लमही फर्किने क्रममा गढवा गाउँपालिका-५ जमुनीबास नजिकै मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक शोभाकर घिमिरे सामान्य घाईते भएका छन भने उनकि श्रिमती बिमलाको टाउकोमा गहिरो चोट लागेको प्रहरीले बताएको छ । घाइते विमलाको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ । शोभाकर, देउखुरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् ।