दाङमा खुकुरी प्रहारबाट दुईजना घाईते

घरसञ्चार
तुलसीपुर, १९ भदौ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएका छन् । बिहिवार बिहान ११ बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ स्यालीबजारस्थित खुल्ला मैदानमा भएको खसी कप फुटबल प्रतियोगितामा युवाहरू बिच सामान्य विवाद हुँदा खुकुरी प्रहारबाट दुई जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल ठकुरीले जानकारी दिए ।

घाइते हुनेहरुमा तुलसीपुर ५ बस्ने २० वर्षिय आयुष विक र १९ वर्षीय प्रवेश योगी रहेका छन् । घाइते योगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात् थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ भने विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ ।
डिएसपी ठकुरीका अनुसार घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको छ भने अन्य फरार रहेका छन् । फरार रहेका अन्यको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *