भालुबाङमा ब्राउनसुगरसहित एक युवक पक्राउ

भिसुन शाही
दाङ भदौ १७ । दाङ राप्ती गाउँपालिका–१ भालुवाङ नयाँ बजारबाट प्रहरीले लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा भालुवाङ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार ३ बजे तुलसीपुर उपमहानगरपालिका–५ (ख) लाइन घर भई हाल भालुवाङ नयाँबजारमा दलसिंह बाठा मगरको घरमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय बिराट के.सी.लाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका के.सी.को कोठा तथा शरीर खानतलासी गर्दा स–साना पुडिया बनाई राखिएको अवस्थामा ३३ पुडिया ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

बरामद पदार्थको तौल १९०० मिलिग्राम रहेको छ । प्रहरीले लागुऔषधसहित पक्राउ परेका के.सी.विरुद्ध आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत दाङबाट म्याद थप गरी प्रक्रिया अगाडि बढाइरहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *