पौने ४ करोड र गरगहना सहित एकजना पक्राउ

घरसञ्चार
काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले मंगलबार दिउँसो ठूलो मात्रामा नगद र सुन बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले करिब तीन घण्टा लामो अपरेशन सञ्चालन गर्दै उक्त घरमा छापा मारेको थियो । अपरेशनका क्रममा प्रहरीले ३ करोड ७५ लाख रुपैयाँभन्दा बढी नगद र करिब दुई किलो सुनका गरगहना बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार उक्त घर गोरखा घर भएका ७७ वर्षीय विनोदकुमार श्रेष्ठको हो । श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । श्रेष्ठले मिटरब्याजमा रकम लगाउने र सुन धितोमा राख्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । बरामद भएको नगद र सुनको वास्तविक स्रोतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।