दुवै मृगौला फेल भएका उमेशलाई सहयोगको अपिल

घरसञ्चार
दाङ । दुवै मृगौला फेल भएर पीडित बनेका उमेश सुनारले भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् !
प्युठान मल्लरानी गाउँपालिका वडा नम्बर ४ निवासी ३० बर्षिय सुनारको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचिरहेका छन् । ३० वर्षकै उमेरमा दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपनामाथी अहिले रोग पहाड बनेर उभिएको छ । तर जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।
बुवा सेते सुनार र आमा क्वारी देबि सुनारको कोखबाट साँईला छोराको रूपमा जन्मिएका उमेश सुनार १० बर्ष बैदेशिक रोजगारबाट फर्किएका हुन । राम्रो कमाई गरिरहेका सुनार बिरामीकै कारण रोजगार त्यागेर फर्किन पर्यो । बिदेशका अप्ठ्यारासंग बिजय हाँसिल गर्न सकेपनी रोगसँग लड्न गाह्रो हुदो रहेछ उनी सुनाउछन । उनिहरु चारभाई मध्य सब अलग भईसकेका छन । बुवा आमा सँग बसेका उमेशले बिदेशबाट आएर मात्रै बिहे समेत गरेका थिए । उनका बुवा पनि अपाङ्गताले शिथिल छन । सानो सुखी परिवारमा बज्रपात नै परेको छ ।

बिदेशमै रहँदा उनको पत्थरीको अप्रेशन भएको थियो । बिस्तारै उनलाई अप्रेशनकै निहुँ हुन थाल्यो । शरीर शिथिल हुन थाले । पेट दुख्ने समस्याले पिरोल्दै गयो । धेरै उपचार गरे ।
बिदेशमा रोगको टुँगो नलागेपछि उनी अन्तत: १० बर्षपछि रोजगार छोडेर सधैका लागि स्वदेश फर्किए । उनी आफ्नो समस्या देखाउन भारतको लखनउ सम्म पुगे । त्यहाबल्ल थाहा भयो उनको पेटमा ‘पाईप’ रहेछ । बिदेशमा पत्थरी अप्रेशनकै बेला पाईप पेटमै रहेको चिकित्सकले आशँका गरे । पेटमा पाईप भएकै कारण मृगौलामा असर परेको सुनाए । आर्थिक स्थितीले कमजोर परिवार माथी यति ठूलो समस्या जटिल नै हो । उनले नेपाल लगायत भारतमा मृगौलाको उपचार धेरै गरे । उनी सुनाउछ बिदेशमा कमाएको पैशा र घरको सम्पति समेत सबै उपचार मै सकियो, जब सम्पती सबै सकियो तब दुबै मृगौला फेल भएको चिकित्सकले सुनाए । विभिन्न ठाउँमा गरि डेढबर्ष उपचारमा लागे । उनी निर्दोश हुँदै भने उपचारकै क्रममा सबै सम्पती सकियो अन्तत: उपचारको अभाबले दुबै मृगौला फेल भयो । अहिले उनी एकबर्षदेखी लमहीमा बसेर डाईलाईसिस गराईरहेका छन । हप्तामा दुईचोटी डाईलाईसिस गराउनु पर्छ । उनी सुनाउछन सासप्रश्वासमा समस्या भए बिचमै पनि डाईलाईसिस गराउनु पर्छ । आर्थिक अभाबले डाईलाईसिस गराउन, बस्न खानपनि अर्को समस्या थपिएको छ । हरेक ठाउँ आफन्ती सँग सहयोगको हारगुहार गर्दापनि उनको समस्या हल हुन सकेको छैन ।
उनले आफ्नै जिवनबिमा बाफतको रकम समेत पाउन सकेका छैनन् । ५ बर्ष अघि उनले सन नेपाल लाईफ ईन्स्योरेन्स लमही ब्रान्चबाट ५ लाखको १० बर्षे अबधीको जीवन बिमा बनाएका थिए । हाल उनी जीवन मरणको दोसादमा रहँदा समेत उक्त रकम पाउन सकिरहेका छैनन् । बिमा कम्पनीले आफुले दिने सुबिधा थप गरेर दिनु त परै जावस आफैले जम्मा गरेको रकम समेत पाउन सकिरहेका छैनन् । ‘यस्तो अबस्थामा बिमा रकम दिएपनि केही हदसम्म सहज हुन्थ्यो उमेशका दिदी प्रेमकला बिकले भनिन्-कार्यालय जाँदा समयमै किस्ता नबुझाएको भन्दै आलटाल गर्नुहुन्छ, गरिबको दिन रहेन, मानबता हराईसकेछ ।’
उता चिकित्सकले दुबै मृगौला प्रत्यारोपण गरेपछि ठिक हुने सल्लाह दिएपछि अहिले उनले सबै सँग आर्थिक सहयोगको याचना गरिरहेका छन् । केही भएको पैसा पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । नयाँ जीवनको आशामा बाँचिरहेका पिडित उमेशले सहयोगको लागि सबै सामु अपिल गरेका छन् ।
दुबै मृगौला प्रत्यारोपण गर्न करिब ३० देखी ३५ लाख आर्थिकको जोहो गर्न चिकित्सकले भनेका छन् तर यति ठूलो पैसा कहाँबाट कसरी ल्याउने उनका दिदी प्रेमकलाले रूदै भाईको ज्यान बचाई दिन सबैलाई आग्रह गरेका छिन । ‘घर र बिदेशमा कमाएको सम्पती सब उपचारमै सकियो, आर्थिक जोहो गर्ने भाइ पनि कमाउने भयो अब साहारा हुन्छ भन्ने बेलामा यस्तो आईलाग्यो । के गर्नु हामी गरिबका कहिले नै सुखका दिन आउने भएन गहभरि आँसु झार्दै दिदी प्रेमकलाले भनिन् कोही मृगौला मिल्ने दानी भेटिएपनि हुन्थ्यो । उनले भाईको उपचारका लागि सहयोग गर्न सबैसँग आग्रह गरेकी छिन् ।
परिवारले सहयोग गर्न चाहने ईच्छुक कोहीले पिडित उमेश सुनारको नाममा रहेको महालक्ष्मी बिकाश बैँक लमही ब्रान्चको खाता नम्बर
01312200691109000001 मा वा सिधा सम्पर्क 9826044364 मा फोन गरि सहयोग गर्नुहुन अपिल गरेको छ । परिवारले विभिन्न राजनितीक दल, सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवी सबैसँग पनि सहयोगको अपिल गरेका छन् ।