४७ ग्राम ७ सय १० मिलिग्राम खैरो हेरोइन सहित दाङका युवक पक्राउ

घरसञ्चार
दाङ । लागूऔषध खैरो हेरोइनसहित दाङका युवक नेपालगन्जबाट पक्राउ परेका छन् ।

जिप्रका बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-३ एकलाईनीबाट ४७ ग्राम ७ सय १० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का २८ वर्षीय वीरबहादुर विकलाई गए राति पक्राउ परेका हुन् । उनलाई हिरासतमा राखेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *