दाङलगायत देशभर प्याब्सन र एन प्याब्सनले बुझाए ज्ञापनपत्र

घरसञ्चार
दाङ, ३० साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङलगायत देशभरका प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका छन् । केन्द्रीय कार्यक्रम अन्तरगत आज शुक्रबार देशभरका प्याब्सन र एन प्याब्सनले ज्ञापनपत्र बुझाएका हुन् । केन्द्रीय कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाईमा ज्ञापनपत्र बुझाएको छ । दाङमा पनि प्याब्सन र एन प्याब्सनले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई प्याब्सन केन्द्रीय कार्यसमितिका निवर्तमान सचिव यादव गिरी, जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, प्याब्सन दाङका सल्लाहकार जीवनकुमार आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा, एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष प्रकाश शर्मा र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवमणि चाैधरी सम्बाेधन गरेका थिए । प्याब्सन दाङका अध्यक्ष निर्मल न्याैपाने र एन प्याब्सन दाङका अध्यक्ष भाेजराज न्याैपानेले ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रमकाे सहजीकरण प्याब्सन दाङका सचिव आदिम केसी र एन प्याबसनका सचिव हरिप्रसाद याेगीले गरेका थिए ।