देउखुरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

घरसञ्चार
भालुवाङ २९ साउन । दाङको देउखुरीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढ निवासी राजु अधिकारीका ९ वर्षीय छोरा संस्कार अधिकारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । हजुरबुवा डम्मरबहादुर जिसीका अनुसार बालक अधिकारीलाई गएराति घरमा सुतिरहेको अवस्थामा गराइज सर्पले डसेर घाइते भएको र उपचारको क्रममा बिहिवार दिउँसो २ः२० बजेको समयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको हो । मृतक बालक सोही वडामा रहेको सिरिन भ्याली पब्लिक स्कुल कक्षा ३ मा अध्ययनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *