तिजको मौलिक्ता हराउँदै गएकोमा चिन्ता

घरसञ्चार

दाङ । आधुनिकता सँगै तिजको मौलिक्ता हराउँदै गएको प्रति कार्यक्रममा सहभागी हरुले चिन्ता ब्यक्त गरेका छन् ।

हरितालिका तिजका अबसरमा शुक्रबार
देउखुरी उद्योग बाणिज्य संघ लमहीले आयोजना गरेको तिज मिलन कार्यक्रममा सहभागीहरुले मौलिकता बचाउँदै तिवपर्ब मनाउनु पर्ने बताएका छन् ।

कार्यक्रमलाई संबोधन गर्दै लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीले तिजका गीतलाई फेसनका रूपमा लिन थालिएको प्रति दुख व्यक्त गरिन । उनले तिज भन्नेबित्तिकै रातो सारी लगाएर छमछम माइतीको आँगनीमा नाच्ने परम्परा पनि बिस्तारै हराउँदै गएको बताईन । उनले भनिन्,–। ‘मैले सबै कुरा पहिलाकै जस्तो हुनुपर्छ भन्न खोजेको हैन । समय परिवर्तनसंँगै हरेक कुरा परिवर्तन हुन जरुरी छ । तर हामीले राम्रा कुरालाई निरन्तरता दिन जरुरी छ ।’ ‘तीजमा पनि पहिलेको तुलनामा केही परिवर्तन गर्न जरुरी छ । तरआफू, परिवार, समाज र संंस्कृतिलाई भने बिर्सनुहुँदैन । तीज मान्नुपर्छ तर तडकभडकले हैन । परिवार, आफन्त र छिमेकभन्दा बाहिर रहेर हैन । स्रोत धेरै खर्चिदैमा चाडपर्व रमाइलो हुन्छ भन्ने सोच्नु मूर्खता हो ।’

यता लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले यसरी नै आधुनिक तरिकाले तिज मनाउनेमध्ये एक हुनुहुन्छ । उनले भनिन्,–। ‘अहिले आधुनिकताको जमाना हो । तिज भन्नेबित्तिकै दुःख र वेदनाको गीत गाउने र नाच्ने भन्ने होइन । यो पर्व त दिदीबहिनी भेटघाट गरी रमाइलो गर्ने हो ।’ यता नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पूर्व उपाध्यक्ष चुमा आचार्यले सबै आफ्नो अवस्थाअनुसार खुसी हुन जान्नु नै मानवभित्रको एक गुण भएको बताईन । उनले भनिन्,–। ‘त्यसैले तीजलाई तडकभडकसँग हैन, पूर्खाले जोगाएका संस्कार सुरक्षित हुनेगरी मनाउनुपर्छ । आखिर हाम्रो अस्तित्व रहनका लागि पनि त संस्कार र संस्कृति जोगिनुपर्छ नि, हैन र ?’ तीज आउनु एक महिना अघिदेखि गाउँघरतिर एकैठाउँमा जम्मा भएर मादलको तालमा नाचगान गर्ने चलन थियो । आज एउटाको घर त भोलि अर्को घरमा तीजको नाचगान गरेर मनाउँथे, लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी अमिता सिंह ठकुरीले भनिन्,–। ‘अहिले तीजको मौलिकपन हराउँदै गइरहेको छ । तीजमा रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराभन्दा टिभीमा आउने गीत र सिरियलप्रति आकर्षित भएका छन् ।’ उनले नेपाली नारीहरुको लागि तीज पर्वको महत्व रहेको बताईन ।

यता तीज मनाउन महिलाले अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउन अघि बढ्नुपर्ने लमही नगरपालिका वडा नम्बर ५ गोरक्ष टोल निवासी गायत्री थापाले बताईन । उनले महिलाले तीज मनाउँदा पश्चिमा संस्कृति छोड्नुपर्ने धारणा व्यक्त गरिन । ‘आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । विगतमा महिलाले भोग्नुपरेका समस्यालाई गीतको माध्यमबाट भन्ने गर्दथे । पछिल्लो समयमा नेपाली संस्कृतिका कारण नेपाली मौलिकता र पहिचान नै हराउने अवस्थामा पुगेको छ ।’

यता देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीले तीज पर्व मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्याउने खालका उच्छृखङ्ल गीतको नियन्त्रण गर्नुपर्ने बताए । चाडपर्व, संस्कृति र पहिचानलाई बचाइराख्न नेपालीपनको भावना, आस्था र विश्वासको खाँचो छ, उनले भने । परम्परादेखि नेपाली नारीले तीज पर्वलाई रमाइलो गरी मनाउँदै आएकाले यो पर्व नेपाली दिदीबहिनीको लागि महत्त्वपूर्ण मानिन्छ, उनले भने,–। ‘तीज पर्व महिला दिदीबहिनीका लागि दुःख बिसाउने पर्व हो । विगतमा झैँ तीज पर्व मनाउने चलन गाउँघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ । यसलाई जोगाइ राख्नुपर्ने दायित्व सबैको हो ।’ देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीको अध्यक्षता एवम् लमही नगरपालिका नगर उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । संघकि महिला उपाध्यक्ष शारदा सुबेदीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव हरी बहादुर थापाले गरेका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *