किरण ठगुन्नाकाे शतकमा काेशी प्रदेश विरुद्ध सुदूरपश्चिम ३१ रनले विजयी

घरसञ्चार


दाङ । युवा ब्याटर किरण ठगुन्नाकाे शतककाे मद्दतमा आईतबार सुदूरपश्चिम प्रदेशले काेशी प्रदेशलाई ३१ रनले पराजित गरेकाे छ ।

दाङको लमहीमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा २४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेश ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २११ रनमा समेटिएपछि सुदूरपश्चिमले ३१ रनकाे जीत हांसिल गरेकाे हाे । सुदूरपश्चिमलाई जीत दिलाउन किरण ठगुन्नाले ११५ रन बनाएपछि काेशीले जीतका लागि संघर्ष गर्याे । २४३ रनकाे विजयी लक्ष्य पछ्याएकाे काेशी प्रदेशका लागि शकिब हकले सर्वाधिक ६२ रन जाेडे । उनले ६६ बलमा ११ चाैकासहित ६६ रन बनाएर साैर्य श्रेष्ठको बलमा आउट भए ।

कप्तान अंकित सुवेदी २६ बलमा ६ चाैकासहित ३८ रन जाेडेर रनआउट भए । समीर कार्कीले ३७ बलमा ३ छक्काकाे मद्दतमा ३८ रन जाेडे । आशिष भट्टराईले ९० बल सामना गर्दै ४ चाैकासहित ३६ रन बनाए ।
दिपेश कँडेलले १४ रन जाेडे । काेशीलाई हराउन सुदूरपश्चिमका साैर्य श्रेष्ठले ९ ओभरमा १ मेडनसहित ४५ रन खर्चेर ३ विकेट लिए । भाेजराज भट्टले ४ दशमलब १ ओभरमा २८ रन खर्चेर २ विकेट लिँदा शेर मल्ल, कप्तान नारायण जाेशी र राहुल भण्डारीले १-१ विकेट लिए । यसअघि, लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमका लागि किरण ठगुन्नाकाे शतकीय पारीमा २४२ रन बनाएकाे थियाे । सुदूरपश्चिमका लागि छैठौं नम्बरमा ब्याटिङ गर्न आएका किरणले ९१ बलमा ४ छक्का र १२ चाैकाकाे मद्दतमा ११५ रन बनाए ।

उनले शतकपछि ठूला शट प्रहार गर्ने क्रममा फिर्दाेश अन्सारीकाे बलमा लङअफमा प्रकाश कार्कीकाे हातबाट क्याच आउट हुन पुगे ।
फागुन २५ गतेबाट जारी प्रतियोगितामा किरणले यसअघि पनि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गण्डकी प्रदेश विरुद्ध अविजित १२१ रन बनाउँदै पहिलो शतक बनाउने खेलाडी बनेका थिए । प्रतियोगितामा सुदूरपश्चिमले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २४२ रन जाेड्याे । सुदूरपश्चिमकाे पारी उकास्न किरण बाहेक अरु खेलाडीले ब्याटबाट प्रभाव छाड्न सकेनन् । टेक बाेहरा १६ रन, अर्जुन बिक १५ रन, शेर मल्ल र कप्तान नारायण जाेशी समान १४-१४ रन बनाएर आउट भए । साैर्य श्रेष्ठ र निश्चल क्षेत्री १०-१० रन बनाएर आउट भए । काेशी प्रदेशका लागि ज्ञानेन्द्र श्रेष्ठले ९ दशमलव ४ ओभरमा १ मेडनसहित ४८ रन दिएर ४ विकेट लिए ।


फिर्दाेश अन्सारीले ८ ओभरमा १ मेडनसहित ३३ रन दिएर २ विकेट लिँदा कप्तान अंकित सुवेदीले पनि ५ ओभरमा ३० रन दिएर २ विकेट हात पारे । दिपेश कँडेल, प्रकाश कार्कीले समान १-१ विकेट लिए । काेशी विरुद्धको जीतमा शतक प्रहार गरेका सुदूरपश्चिम प्रदेशका किरण ठगुन्ना प्लेयर अफ द म्याच भए । दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अंक तालिकाको साताैँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेश र पुछारमा रहेको काेशी प्रदेश टीम बीच खेल जारी छ । अहिलेसम्म ८ खेल खेलीसकेको सुदूरपश्चिम ३ मा जीत र ५ मा हार व्यहाेर्दै ६ अंकका साथ साताैँ स्थानमा यथावत छ भने समान ८ खेल खेलीसकेको काेशी प्रदेश १ खेलमा जीत र ७ खेलमा लगातार हार व्यहोर्दै २ अंकका साथ अंक तालिकाको नवाैँ स्थानमा छ । यता, दाङमा देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १२ गतेसम्म हुने प्रतियोगितामा अब चैत ११ गते वाग्मती र कर्णाली प्रदेश तथा चैत १२ गते नेपाल पुलिस क्लब र कर्णाली प्रदेश बिच खेल हुने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *