कक्षा १२ को नतिजा प्रकाशन गर्ने तयारी, कसरी हर्ने नतिजा?

घरसञ्चार

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशन गर्ने तयारी गरेको छ । आज साँझ परीक्षाफल प्रकाशनको तयारी गरेको बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले घरसञ्चारलाई जानकारी दिए ।

त्यसका लागि साँझ बैठक बस्ने तयारी भइरहेको उनले बताए । ‘आज साँझ बोर्ड बैठक बस्ने कुरा छ । सम्भव भएसम्म आज नै परीक्षाफल प्रकाशित गर्ने तयारी गरेका छौँ,’ अर्यालले घरसञ्चार सँग भने । यस्तै बोर्डको क्यालेन्डर अनुसार साउन १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्नुपर्ने भएतापनि शिक्षकहरुको लामो आन्दोलनका कारण परीक्षाफल प्रकाशित गर्न ढिलाइ भएको हो । वैशाखमा भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागि भएका थिए । २०८१ साल वैशाख ११ गतेदेखि परीक्षा तोकिएकोमा शिक्षकहरुको आन्दोलनका कारण सरेको परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो ।

नतिजा हेर्ने तरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *