लमही-९ मा प्रशिक्षण सँगै काँग्रेसको एकसय दिने अभियानको समापन

घरसञ्चार
देउखुरी । नेपाली काँग्रेसले देशैभर आयोजना गरेको एकसय दिने अभियान कार्यक्रम अन्तिम चरणमा छन ।
दाङको देउखुरीमा पनि यो अभियानले सार्थकता पाएको छ । कार्यक्रम भने अन्तिम चरणमा छन । लमही नगरपालिका वडा नम्बर ९ मा प्रशिक्षण दिँदै एकसय दिने अभियानको समापन गरिएको छ । देश र जनताप्रती काँग्रेसको योगदान, काँग्रेसको ईतिहास, मूल्य मान्यता, एजेण्डा, आफ्नो दायित्व, जिम्बेवारी लगायतका बिषयमा प्रशिक्षण पनि दिईएको थियो । कार्यक्रमको प्रशिक्षकमा नेपाली काँग्रेस दाङ सचिब अर्जुन योगी र शिक्षक संघ दाङका सचिब निशान्त आचार्य रहेका थिए ।

प्रशिक्षण दिँदै उनिहरुले बर्तमान स्थितीमा सधै जनताको पक्षमा रहेर जनताकै काम गर्नुपर्ने कुरामा जोड दिए । एकसय दिने अभियानको समापन गर्दै जिल्ला प्रतिनिधि तथा महाधिबेशन प्रतिनिधि मोहन गिरीले काँग्रेसी कार्यकर्ता शसक्त भएर जिम्वेवार बन्नुपर्ने बताए । देश बनाउने जिम्मा काँग्रेस पार्टीलाई भएका कारण वडा तथा टोलटोलमा रहेका समितीहरु शसक्त भएर जनताको काममा तल्लिन हुनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गिरीले काँग्रेसले गरेका राम्रा कामहरुको प्रचार गर्न नसक्नुनै जिम्बेवारी बोध हुननसकेको जिकिर गरे । उनले गरेका कामहरुको प्रशंसा गर्दै जानुपर्ने र एस वडामा भए गरेका समस्याहरुको समाधानका लागि तत्काल माथिल्लो तहमा पुर्याईने बताए । यस वडाका शिक्षा, स्वास्थ्य, बाटोघाटो, सञ्चार लगायतका क्षेत्रमा थप स्तरबृद्वि गरिने बताए ।

नेपाली काँग्रेस लमही-९ का वडासभापती लिलाधर खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाल लोकतान्त्रिक आदिवासी संघ दाङ क्षेत्र नम्बर १ का सभापती कृष्ण थापा, क्षेत्रिय प्रतिनिधिहरु सिताराम केसी, श्रिराम दहित लगायतका बक्ताले बोलेका थिए । नेपाली काँग्रेस लमही नगरका सहसचिब खिम बहादुर योगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडा सहसचिब नवराज ओलिले गरेका हुन ।
