दुखीको साहारा मेरो माइक्रोफाइनान्स, काजकिरिया रकम हस्तान्त्रण

घरसञ्चार

दाङ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले काजकिरिया रकम हस्तान्त्रण गरेको छ ।

दाङ देउखुरी स्थित मेरो माइक्रोफाइनान्स बनगाँउ शाखाले बचत तथा कर्जा कारोबार गर्दै आएका घरपरिवारमा घटेको दुखद घटनाको सहानुभुतीका निम्ति काजक्रिया रकम हस्तान्त्रण गरेको हो । बिगत देखि नै सँस्थामा आबद्दता भएका हरुको परिवारमा दुख पर्दा सँस्थाले सहयोग गर्दै आईरहेको छ । दुखको घडिमा पुण्यको काम गर्ने मेरो माईक्रोफाईनान्स हरेकको सहारा बन्दै आईरहेको छ ।
लमही नगरपालिका-३ नारायणपुर निवासी टुङ्कली डाँगीलाई सँस्थाले मंगलबार बिमा दाबी रकम हस्तान्तरण गरेको छ । मेरो नारायणी महिला केन्द्रमार्फत बचत तथा कर्जा कारोबार गर्दै आएकी डाँगीका श्रीमान् को लिल बहादुर डाँगी क्षेत्रीको २०८१ षौष १६ गते दुर्घटनामा परि निधन भएपछि काजकिरिया रकम रकम २१ हजार रुपैया हस्तान्तरण गरिएको सँस्थाले जनाएको छ ।

डाँगी २०७४ सालदेखि समूहमा आबद्ध भई लघुवित्तीय कारोबार गरिरहेकी थिईन । बिमा दाबी रकम हस्तान्तरण गर्दै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, बनगाउँ शाखाका प्रबन्धक सन्तोष पोखरेलले संस्थाले सदस्यहरूको हितका लागि आवश्यक सेवाहरू उपलब्ध गराइरहेको बताए । डाँगिले आफ्नो घरमा दु:ख पर्दा मलम पटी लगाइ सहयोग गरेकोमा संस्था प्रति धन्यबाद ज्ञापन गरिन् । हाल मेरो माइक्रोफाइनान्सले देशभरका ६४ जिल्लामा १४९ शाखामार्फत १ लाख ८० हजारभन्दा बढी घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *