लमही नगर अन्तरगतका सम्भाबित पर्यटकिय स्थलहरुको अध्ययन

घरसञ्चार
दाङ । लमही नगरपालिका अन्तरगत रहेका सम्भावित पर्यटकिय स्थलहरुको अध्ययन गरिएको छ ।
उद्योग, पर्यटन तथा यातायात मन्त्रालय लुम्बिनी प्रदेशले लमही नगरमा पर्यटकलाई भित्र्याउन पर्यटकिय स्थल हरुको अध्ययन तथा अनुगमन गर्दै छलफल गरेको हो । उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने सहितको टिमले अध्ययन तथा छलफल गरेको हो । लमहीमा पर्यटकिय सम्भाब्यता रहेको बताउँदै मन्त्री न्यौपानेले यसको बिकाशका लागि आफु अग्रसर रहेको जनाए । राजधानी रहेको देउखुरीको प्रमुख पालिका लमहीमा पर्यटक भित्र्याउनुपर्ने बताउँदै उनले यसको बिकाशमा लम्बिनी प्रदेश सरकार लागिपरेको बताए । उनले यस क्षेत्रलाई परिचित बनाउन पर्यटकिय स्थलको आबस्यकता औँल्याए ।

अध्ययन तथा छलफलमा नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष माेहन गिरी, लमही नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष शुवाष न्याैपाने, तरुण दलका क्षेत्रिय अध्यक्ष किरण शाह, उपाध्यक्ष हरि वहादुर पुन, क्षेत्रिय सदस्य युवराज गिरि, युवा नेता राजेन्द श्रेष्ठ लगायतका बिच छलफल सम्पन्न भएको हो । छलफलमा लमही नगरका प्रबक्ता मोहन गिरीले लमहीमा थुप्रै सम्भाब्यता रहेको र त्यसको बिकाश अपरिहार्य रहेको बताए । लमही नगरपालिका यसको बिकाशका निम्ति सधै तयार रहेको बताउँदै गिरीले प्रदेश सरकार सँग सहकार्य गरेर अघि बढ्ने बताए ।