डेढलाख रकम सहित दाङमा जुवा खेल्दै गरेका १७ जना पक्राउ

घरसञ्चार
दाङ । दाङमा डेढ लाख रकम सहित जुवा खेल्दै गरेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

एक लाख बाउन्न हजार पचपन्न रुपैया सहित कौडा खेलिरहेको अबस्थामा उनिहरुलाई राती १२ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । जिल्लाको घोराही उपमहानथर पालिका वडा नम्बर १५ अमृत टोलमा ठाकुर खनालले पैशाको हारजित हुनेगरी कोडा खेलाईरहेको गोप्य सुचनाको आधारमा प्रहरीको टोलि खटिएको थियो ।

उनिहरुको साथबाट कौडा थान-१६, कौडा खेल्नको लागि भुईमा ओछ्याएको चेकवाला तन्ना थान-१, बिभिन्न दरको नेपाली रुपैया रु.१,५२,०५५।-(एक लाख बाउन्न हजार पचपन्न रुपैया समेत बरामद गरेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता तथा डिएसपि ईश्वर थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *