मुलुकलाई उज्यालो बनाउन दुईठुला दलको सरकार-महासचिब पोखरेल

घरसञ्चार
दाङ । नेकपा एमालेका महासचिब शंकर पोखरेलले मुलुकलाई उज्यालो यात्रामा दोहोय्राउन मुख्य दुईदल मिलेर सरकार गठन गरेको बताएका छन ।
दाङको लमहीमा ने.क.पा. एमालेको लमही नगर अधिबेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरता अन्त्य गर्न ठुलादल मिलेर सरकार गठन गर्नुको बिकल्प नभएकाले यस्तो प्रस्थिती आएको बताए । उनले आवस्यकता अनुसारको संविधान संशोधन गर्ने योजनाका साथ ठूलादलहरु मिलेर सरकार बनाएको प्रष्ट्र पारे । आफुहरु मिल्नुको अर्थ मूलुकको उज्यालो यात्राको लागि रहेको भन्दै यो मलुकमा नीतिको बहस आवस्यक रहेको बताए । ‘देशमा संविधान जारी भएपछि नेपालको राजनीतिमा नीतिको बहस हुनै छोड्यो, स्वार्थमा आधारित क्रियाकलापहरु अगाडी बढ्न थाले पोखरेलले भने-कुनैपनि देशको विकासमा नीतिगत नेतृत्वको आवस्यकता पर्दछ ।’
पुर्ब सुचना तथा सञ्चार प्रबिधी मन्त्री समेत रहेका पोखरेलले दुईठुला दलको सरकारलाई घेराबन्दीको प्रयास भईरहेको बताए । मुख्य दुईदल मिलेर सरकार गठन भएपश्चात अन्य दलहरु औचित्यहिन भएपछि घेराबन्दीको प्रयास गरीरहेको बताएका हुन ।
आफु सरकारमा हुँदा मनपरी गरेकाहरुले अहिले सरकार बाहिर भएपछि सरकारको बिरोध गर्ने, घेराबन्दी गर्ने र अराजकता सिर्जना गर्ने काम भइरहेको बताए । ‘ठूला दलहरु मिलेपछि जनतामा देखिएको निरासा अन्त्य भएको छ, अर्थतन्त्रका सकरात्मक परिवर्तन देखिन थालेका छन महासचिब पोखरेलले भने-आफू सरकारमा रहँदा गर्न नसकेका कामहरु हुन थालेपछि केहि दलले मन पराएका छैनन ।’

देशको विकासमा दुरदर्शी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व हुनुपर्ने तर्क गर्दै महासचिव पोखरेलले छिमेकी मुलुकमा भइरहेको विकास त्यसैको परीणाम भएको उदाहरण दिए । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओलीलाई विश्वले मानेको दावी गर्दै पोखरेलले नाम कमाउने उद्येस्यले तिनै ओलीको आलोचना गर्नेको सँख्या बढेको बताए । ‘उनले भने-हाम्रा अध्यक्ष तथा प्रधानमन्त्रीलाई विश्वका विश्व विद्यालय हरुले छलफल अन्तरक्रिया गर्न खोजिरहेका छन, विश्वले मानेको छ, तर हाम्रो नेपालमा भरखर राजनीति सिक्न थालेकाहरुले आफुले चर्चा कमाउनको लागि विरोध गर्ने गलत परम्परा चलेको छ ।’ अबको चुनौती भनेको राजनीतिक अराजकताको चुनौती रहेको भन्दै महासचिव पोख्रेलले छिमेकी मुलुकबाट राजनीतिक परिवर्तन स्थाईत्व र विकासको नमूना अभ्यास सिकेर लाग्नुपर्न तर्क गरे ।
लुम्बिनी प्रदेशका सँस्थापक मुख्यमन्त्री समेत रहेका पोखरेलले देशको समृद्धिका लागि युवाजनशक्ती अपरिहार्य रहेको बताए । युवा जति बिदेश पलायन हुँदा त्यसको असर देशले ब्यहोरीरहेको बताउँदै महासचिब पोखरेलले देश बनाउन देशकै जनशक्तीको आबस्यक रहने बताए । देशको बिकाशका निम्ति ठुला दल आबस्यक रहने बताउँदै उनले साना दोकान बन्द गर्नुपर्ने ब्यङ्ग्य प्रस्तुत गरे ।

‘देश बनाउन ठुला दल आबस्यक छन, साना दलमा रहेर अलमलमा नपरौ महासचिब पोखरेलले भने-साना दोकान बन्द गरौँ, ठुला दलसँग मिलौ ।’ कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महासचिव पोख्रेलले नेता कार्यकर्तालाई गत स्थानिय तहको निर्वाचनमा दाङको लमही नगरपालिकामा शुन्य अवस्थामा रहनु लज्जाको विषय भएकाले आगामी निर्वाचनमा प्रभावसाली नतिजा ल्याउनेगरी काममा खट्न निर्देशन दिए ।
नेकपा एमालेका जिल्ला सदस्य रतन कुमार केसीको अध्यक्षता तथा महासचिब शँकर पोखरेलको प्रमुख आतिथ्य एबम् पोलिटब्युरो सदस्य शान्ता चौधरीको विशिष्ट आतिथ्यमा लमही नगर दोस्रो अधिबेशनको उद्घाटन गरिएको हो । लमही नगर उपाध्यक्ष गोपाल चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पुलिटब्यरो सदस्य तथा एमाले दाङ ईन्चार्ज नरुलाल चौधरी, राष्ट्रिय जनमोर्चाका लमही नगरकमिटीका अध्यक्ष हरि थापा, एमाले दाङका अध्यक्ष शिव कुमार आचार्य, पोलिटब्युरो सदस्य शुजिता शाक्य, केन्द्रीय सदस्यहरु सीता न्यौपाने, घनस्याम पाण्डे लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन लमही नगरसचिब भानु जोशीले गरेका थिए ।
