२१३ किसानलाई ११ लाख बढी नगद अनुदान

घरसञ्चार
दाङ । दाङमा सहकारी मार्फत खसिबोका बिक्रि गरेका २ सय १३ जना किसानलाई अनुदानमा नगद प्रदान गरिएको छ ।

किसानलाई उत्पादनमा प्रोत्सान गर्न नगद ११ लाख, १० हजार, एकसय ७४ रुपैया अनुदान प्रदान गरिएको हो । दिपन सामाजिक उद्यमी महिला सहकारी सँस्था लमही नगरपालिका ७ कप्तानगञ्जले सँस्थामा आबद्ध किसानहरुलाई अनुदान स्वरुप नगद प्रदान गरेको छ । सहकारीले किसानलाई बर्सेनि उनिहरुले सँस्था मार्फत बिक्रि गरेको खसिबोकाको आधारमा अनुदान दिने गर्दछ । यसबर्षपनि सँस्थाले अनुदानमा नगद दिएको हो ।

सहकारी मार्फत खसिबोका बिक्रि गर्ने किसान र त्यसको तौलको आधारमा अनुदान रकम निर्धारण गरिने सँस्थाकि अध्यक्ष पुनम घर्ती गिरीले बताईन । उनले अनुदानले किसानमा थप हौसला बढ्ने र उत्पादनमा बढि सक्रिय हुने गरेको पाईएको बताईन । ‘हामी बर्सेनि अनुदानमा नगद दिने गर्छौ, जसले किसानको मनमा छुट्टै हौसला थप्छ-अध्यक्ष गिरीले भनिन्-किसानलाई खसिबोका कहाँ बेचु भन्ने चिन्तापनि छैन, अझ सहकारी मार्फत बिक्रि गरे बाफत अनुदान पनि पाईने भएपछि किसानको सँख्या बढेको छ ।’ २ सय १३ जना किसानले
आर्थिक बर्ष २०७९/८० मा सहकारी मार्फत
१६ सय ५१ खसिबोका बिक्रि गरेका थिए । तिनै किसानलाई अनुदानमा नगद दिईएको हो ।

अनुदानले हौसलासँगै उत्पादनमा बृद्धी भएको सँस्थाका ब्यबस्थापक हरि चौधरीले बताए । उनका अनुसार २०७८/७९ मा बिक्रि गर्ने किसानको सँख्या एकसय ९८ थियो, तर अहिले बढेर दुईसय १३ पुगेको छ ।
सँख्याको बृद्धि सँगै अनुदान रकम पनि बढेको छ । २०७८/७९ मा ८ लाख ४९ हजार ६ सय रुपैया अनुदानमा बाँडिएको थियो भने अहिले उक्त रकम बढेर ११ लाख, १० हजार एकसय ७४ भएको छ । सरसर्ती हेर्दा प्रत्यकबर्ष किसानको सँख्या बढेको देखिन्छ । सहकारीले किसानले उत्पादन गरेका खसिबोका खरिद गरेर भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र घोराहीबाट बजारमा पुराउँछ । बिज्ञ केन्द्रबाटै बर्सेनि किसानका निम्ति अनुदान रकम छुट्टिने गरेको सँस्थाका ब्यबस्थापक चौधरीले बताए ।

सहकारी मार्फत यसबर्ष बढि अनुदान रकम पाउने लमही-७ फचकपुरका हरि चौधरी परेका छन । उनले ८५ वटा खसिबोका बिक्रि गरेका थिए भने अनुदानमा ६१ हजार ३ सय ८७ रुपैया अनुदान पाएका छन । सँस्थाका ब्यबस्थापक भएपनि उनी एक उद्यमी हुन । त्यस्तै लमही-७ उचानिम्बु निवासी कृष्णी चौधरीले ५८ वटा खसिबोका बिक्रि गरे बाफत ५० हजार ९ सय ६५ रुपैया अनुदान पाएका छन । पुनम घर्ती गिरीपनि सँस्थामा लागेर उद्यमी बनेकि छिन । उनले ६७ ओटा खसिबोका बिक्रि गरेर ४४ हजार १ सय ३७ रुपैया अनुदान पाएका छन । त्यस्तै लमही-८ निवासी सुनिता बुढाथोकीले ४३ वटा बिक्रि गर्दै ३५ हजार नगद अनुदान पाउन सफल भएकि छिन ।

किसानलाई उद्यमी बनाउन सहकारीको कदम सह्राहनिय छ । जसले गर्दा आर्थिक अबस्थामा किसानहरु मजबुत हुँदै गरेका छन । शुक्रबार एक कार्यक्रमको आयोजना गरि किसानलाई अनुदान दिईएको हो । सँस्थाकि अध्यक्ष पुनम घर्ती गिरीको अध्यक्षता तथा लमही-७ कि वडा सदस्य उर्मिला चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै वडासदस्य उर्मिला चौधरीले किसानको अबस्थालाई परिबर्तन गर्न सहकारीको भुमिका अब्बल रहेको बताईन । आर्थिक अबस्थालाई बदल्न थप मेहनत गर्दै उद्यमी बन्न सबै किसानलाई प्रेरित गरिन । कार्यक्रमको सहजिकरण सँस्थाका ब्यबस्थापक हरि चौधरीले गरेका थिए ।

oplus_0

Leave a Reply

Your email address will not be published. Required fields are marked *