देउखुरीमा कारको ठक्करबाट एक बृद्धको उपचारका क्रममा मृत्यु

घरसञ्चारदाङ, १५ भदौ । देउखुरीमा कारले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका–२ बरुवा गाउँका ७० वर्षिय भगवानदीन चौधरी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतबार बिहान करिब साढे सात बजे लुम्बिनी प्रदेश ०२–००१ च ००२८ नम्बरको कारले चौधरीलाई सिसहनियाँ-सोनपुर भित्री सडक खण्डमा पैदल हिँडिरहेका बेला…

Read More

डडेल्धुरा जिप दुर्घटना अपडेट : मृत्यु हुनेहरू सबैको सनाखत

घरसञ्चारडडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिका-५ को चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा घटनास्थलमै ज्यान गुमाएका चार जनाको सनाखत भएको छ । दुर्घटनामा १८ वर्षका सुरेश साउँद, २३ वर्षका सुरेश पार्की, ४० वर्षकी तारा अवस्थित, र ७२ वर्षीया कलावती साउदको मृत्यु भएको छ । मृतकको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । ठाँटा बजारबाट डडेल्धुरा…

Read More

देउखुरीमा टिप्पर र मोटरसाईकिल ठोक्किदा एकजनाको मृत्यु, एक घाईते

भिसुन शाहीभालुबाङ । देउखुरीमा टिप्पर र मोटरसाईकिल ठोक्किदा एकजनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक आईतबार बिहान करिब ६ बजे टिप्पर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको हो । दुर्घटनामा प्युठान ऐरावती-५ निवासी मोटरसाईकिल सवार १९ वर्षीय सुशील थापाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक सोही ठाउँ निवासी…

Read More

विद्यालय बन्द गरेर शिक्षक तीजको दरखान हिडेपछि….

घरसञ्चारदाङ । बिहिबार दिउँसोको करिब २ बजेको छ । विद्यालय सुनसान छ । कक्षा कोठाहरु खुल्ला छन् । विद्यालयको गेट खुल्ला छ । तर विद्यालयमा कोहि पनि छैनन् । विद्यार्थी घर गइसकेका छन् । शिक्षक पनि विद्यालयमा छैनन् । शिक्षक विद्यालयमा हुने कुरा पनि भएन । किनकी शिक्षकहरु तुलसीपुरको एक होटेलमा तीजको दर खाने कार्यक्रममा…

Read More

कुलोमा डुबेर दुई बर्षिय बालिकाको मृत्यु

घरसञ्चारदाङ । घोराहीमा कुलोमा डुबेर दुई बर्षिय बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपलिका-२ रामपुर बस्ने शिव कवर योगीकी छोरी दुई वर्षीया निशा कवर योगीको घर नजिकै रहेको कुलोमा डुबेर मंगलबार बेलुकी मृत्यु भएको हो ।डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…

Read More

क्वाटरभित्रै मृत भेटिए बैंकका शाखा प्रबन्धक

घरसञ्चारदाङ । रूकुम पूर्वमा कृषि विकास बैंकका शाखा प्रबन्धक मृत भेटिएका छन् । सल्यानको बागचौर नगरपालिका-८ घर भइ कृषि विकास बैंकको रूकुम पूर्व शाखामा शाखा प्रबन्धकका रूपमा काम गर्दै आएका ५२ वर्षीय शिवशंकर गिरी शनिबार अपराह्न मृत भेटिएका हुन् । रूकुम पूर्वका प्रहरी प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवका अनुसार उनी आफ्नै क्वाटरमा अपराह्न ४ बजेतिर मृत…

Read More

देउखुरीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु

घरसञ्चारभालुवाङ २९ साउन । दाङको देउखुरीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ४ मझनीगढ निवासी राजु अधिकारीका ९ वर्षीय छोरा संस्कार अधिकारी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । हजुरबुवा डम्मरबहादुर जिसीका अनुसार बालक अधिकारीलाई गएराति घरमा सुतिरहेको अवस्थामा गराइज सर्पले डसेर घाइते भएको र उपचारको क्रममा…

Read More

दाङबाट रोल्पा जाँदै गरेको जिप दुर्घटना

घरसञ्चार दाङ । दाङको घोराहीबाट रोल्पा जाँदै गरेको यात्रुबाहक गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन् । तीमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रोल्पाको माडी गाँउपालिका – १ आरलनेटाका ४२ वर्षीय तिलराम खत्री, माडी–३ दारेकाटनाका ५५ वर्षीय कमल वली, सोही ठाउँकी–६० वर्षीया कौशिला वली, परिवर्तन गाउँपालिका–३…

Read More

सेफ्टी ट्याङ्की भित्र ठेकेदार र कामदार मृत भेटिए

घरसञ्चार धरान । सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् । तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी…

Read More

ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु, एक घाइते

घरसञ्चार नेपालगञ्ज । पूर्व-पश्चिम महेन्द्र राजमार्गकाे बाँके खण्डमा ट्रक र टिप्पर ठाेक्किँदा एक जनाकाे मृत्यु भएकाे छ । एक जना घाइते भएका छन् । बाँकेकाे राप्तीसाेनारी गाउँपालिका- २, मुगुखा खाेला नजिक आज बिहान ना ५ ख ३६१० नम्बरकाे ट्रक र भे १ ख ३१६९ नम्बरकाे टिप्पर ठाेक्किँदा टिप्परमा सवार राप्तीसाेनारी-१, सिक्टाका ३५ वर्षीय भुवबहादुर खत्रीकाे…

Read More