टनेलभित्र थुनिएका ३१ जनालाई कलाकार अनुपको सहारा-बाढीको प्रभाब

शिवु खना

दाङ, १७ भदौँ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीको एक्कासी उर्लिँदा हाइड्रोपावरको टनेलभित्र काम गरिरहेका ३१ जना कामदारको जीवन संकटमा पर्यो । बाँके, बर्दिया, कैलाली र कञ्चनपुरबाट रोजगारीका लागि भोटेकोशी पुग्नुभएका उहाँहरू बाढी र पहिरोका कारण टनेलभित्रै थुनिनु भयो । एक्कासी आएको विपत्तिले टनेलभित्र रहेनु भएका कामदारहरूमा त्रास फैलियो । केही कामदारहरु भने ज्यान जोगाउन पहाडतर्फ चढेर सुरक्षित स्थानमा पुग्न सफल हुनुभयो ।

उद्धारको पर्खाइमा रहनु भएका उहाँहरूलाई भदौ ११ गते कम्पनीको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले हेलिकप्टरमार्फत सकुशल उद्धार ग¥यो । उद्धारपछि पनि उहाँहरूको यात्रा सहज थिएन । विपत्तिबाट जोगिएर घर फर्किने क्रममा रहेका उहाँहरूलाई दाङको लमहीमा भने स्थानीय कलाकार अनुप बुढा मगरले आत्मीय साथ दिनुभयो । दाङ देउखुरीका चर्चित कलाकार, मोडल तथा उद्घोषक अनुप बुढाले बाढीका कारण हाइड्रोपावर टनेलबाट उद्धार गरिएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका ३१ जनालाई लमहीमा खाना खुवाएर उहाँहरूको गन्तव्यतर्फ पठाउनु भएको हो । लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर निवासी बुढाले बुधबार लमहीस्थित न्यु लुम्बिनी होटलमा ३१ जनाको समूहलाई खाना खुवाउनु भएको हो । विपत्तिमा परेका नागरिकलाई आफ्नोतर्फबाट सकेको सहयोग गर्नुपर्छ भन्ने भावनाले उनीहरूलाई सम्पर्कमा ल्याएर खाना खुवाएको बुढाको भनाइ छ ।

बाँके, बर्दिया, कैलाली र कञ्चनपुर मेरो लागि केवल कार्यक्रम गर्ने ठाउँ होइन, आफ्नै घरजस्तो लाग्छ । त्यहाँका मानिसहरू पनि आफ्नै परिवारका सदस्यजस्तै लाग्छन्, अनुप बुढा मगरले भन्नुभयो,–। …उहाँहरू विपत्तिमा पर्नुभएको खबर पाएपछि उहाँहरूलाई भेटेर अवस्था बुझ्न र सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले लमहीमा खाना खुवाएर उहाँहरूलाई गन्तव्यसम्म पठाएको हुँ ।Ú कलाकारितासँगै सामाजिक सेवामा पनि सक्रिय बुढा विशेषगरी थारू कला र संस्कृतिसँग नजिक छन् । छोटो समयमै बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका दर्शक तथा स्थानीयमाझ लोकप्रिय बनेका उनी कार्यक्रमको सिलसिलामा ती जिल्लाहरूमा निरन्तर पुगिरहन्छन् । त्यसैले ती जिल्लाका नागरिक विपत्तिमा परेको खबरले आफूलाई भावुक बनाएको उनको भनाइ छ ।
…म सधैँ कार्यक्रमका लागि बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुगिरहेको हुन्छु । त्यहाँका मानिसहरूले मलाई कलाकारका रूपमा माया र सम्मान दिनुभएको छ, उहाँले भन्नुभयो,–। …उहाँहरूलाई समस्या पर्दा चुप लागेर बस्न मन लागेन । विपत्तिमा परेका बेला ठूलो कुरा होइन, सानो सहयोगले पनि पीडितलाई आफ्नो मान्छे साथमा भएको अनुभूति दिन्छ ।
बार बर्दिया नगरपालिका वडानम्बर १, जमुनियाका सन्तोषकुमार चौधरीले आफू टनेलभित्र काम गरिरहेका बेला एक्कासी लेदो र बाढी आएको बताउनुभयो । अप्रत्याशित रूपमा आएको बाढीका कारण ज्यान जोगाउने अवस्था निकै कठिन बनेको उहाँको भनाइ छ । उहाँले यस्तो ठूलो विपत्तिबाट बाँचेर सकुशल उद्धार हुन पाउँदा आफूले नयाँ जीवन पाएको अनुभूति गरेको बताउनुभयो । टनेलभित्र काम गरिरहेका बेला एक्कासी लेदोसहितको बाढी आयो । अवस्था निकै डर लाग्दो थियो । त्यस्तो विपत्तिबाट बाँच्न सफल भएर अहिले घर फर्किन पाउँदा अर्को जुनी पाएजस्तो लागेको छ, चौधरीले भन्नुभयो । उहाँका अनुसार कम्पनीको सहयोगमा निजी हेलिकप्टरमार्फत उद्धार भएपछि मात्रै आफूहरू सुरक्षित हुन सकेका हुन् । विपत्तिको समयमा आफूहरूको समस्याबारे सम्बन्धित नेता तथा मन्त्रीबाट अपेक्षित चासो नपाएको उहाँको गुनासो पनि छ ।


बार बर्दिया नगरपालिका वडा नम्बर २ ढुङ्गरही निवासी वीरबल थारू पनि बाढीका कारण टनेलभित्र पहिरोमा थुनिएका थिए । उहाँले भदौ ११ गते मात्रै कम्पनीको सहयोगमा हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको बताउनुभयो । उद्धारपछि आफूहरूलाई नेपाली सेनाको ब्यारेकमा पुर्यायाइएको उहाँले जानकारी दिनुभयो । बाढी र पहिरोको त्रासदीबाट जोगिएर घर फर्किने क्रममा रहेका ३१ जना कामदारका लागि लमहीमा गरिएको खाना सहयोगले उहाँहरूलाई केही राहत दिएको छ । विपत्तिले उहाँहरूलाई घरबाट टाढा पु¥याए पनि लमहीमा कलाकार अनुप बुढाले देखाएको आत्मीयताले केही समयका लागि भए पनि उनीहरूलाई आफ्नै परिवारबीच रहेको अनुभूति दिलाएको छ । अनुप बुढाका लागि यो केवल खाना खुवाउने कार्यक्रम थिएन । आफूलाई माया गर्ने दर्शक तथा नागरिकहरू समस्यामा पर्दा उनीहरूप्रति मानवीय दायित्व पूरा गर्ने एउटा सानो प्रयास थियो । कलाकार भएपछि दर्शकको माया पाउनु मात्रै ठूलो कुरा होइन । दर्शक र नागरिकलाई अप्ठ्यारो पर्दा उहाँहरूको साथमा उभिन सक्नु पनि हाम्रो जिम्मेवारी हो, बुढाले भन्नुभयो,–। …मैले ठूलो काम गरेको होइन, आफ्नो परिवारका सदस्यलाई परेको दुःखमा सकेको सहयोग गरेको मात्रै हुँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *