सार्वजनिक शौचालय तीन दिनभित्र खाली गर्न वन उपभोक्ता समूहको निर्देशन

घरसञ्चार

लमही, साउन ३० । दाङको लमहीस्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले सार्वजनिक शौचालय सञ्चालन गरिरहेकी सञ्चालक राधिका विश्वकर्मालाई तीन दिनभित्र शौचालय तथा सटर खाली गर्न लिखित निर्देशन दिएको छ ।

समूहले साउन १३ गते जारी गरेको पत्रमा २०८२ असोज १ गते भएको सम्झौता विपरीत शौचालय सञ्चालनका क्रममा तोकिएकोभन्दा बढी शुल्क असुल गरिएको, स्थानीय उपभोक्तामाथि दुर्व्यवहार तथा कुटपिट भएको र यसबाट समूहको प्रतिष्ठामा नकारात्मक असर परेको उल्लेख गरिएको छ । समूहका अनुसार यस्ता गतिविधिले स्थानीय उपभोक्तामा असन्तुष्टि बढेकाले सम्झौताको शर्तअनुसार पत्र प्राप्त भएको मितिले तीन दिनभित्र सार्वजनिक शौचालय पूर्ण रूपमा खाली गर्न निर्देशन दिइएको हो ।

समूहले तोकिएको अवधिभित्र शौचालय खाली नगरिए प्रचलित कानुन तथा सम्झौताअनुसार सम्झौता स्वतः रद्द गरी आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको छ । समूहका अध्यक्ष पवन शर्मा रिजालले हस्ताक्षर गरी पत्र जारी गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *