राजपुरमा संस्थागत विद्यालयको समन्वय समिति गठन

श्रवण कुमार यादव

देउखुरी । राजपुर गाउँपालिका क्षेत्रभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूको बैठक राजपुर हिमालय इङ्गलिस बोर्डिङ स्कुल, चङ्गुवा मा सम्पन्न भएको छ ।

बैठकमा व्यापक छलफलपछि टोपेन्द्र खनालको अध्यक्षतामा “संस्थागत विद्यालय समन्वय समिति राजपुर” गठन गरिएको छ । गठित समितिको सचिवमा युवराज के.सी., कोषाध्यक्षमा उमा भण्डारी र सदस्यमा उमाकान्त यादव चयन भएका छन् । यसैगरी बैठकले चारवटा महत्वपूर्ण निर्णयहरू पारित गरेको छ । पारित निर्णयअनुसार आगामी शैक्षिक सत्र २०८३ का लागि शुल्क एकरूपता सहजीकरण तथा शैक्षिक क्यालेन्डर निर्माण गर्न उमाकान्त यादवको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । उपसमितिमा टोपेन्द्र खनाल, रितुकल सारु मगर र उमा भण्डारी सदस्य रहेका छन् ।

त्यसैगरी छिमेकी पालिका गढवा र लमहीका शिक्षा शाखा तथा प्याब्सन/एनप्याब्सन प्रतिनिधिसहित अन्तरक्रिया कार्यक्रम आयोजना गर्न आवश्यक सहयोग तथा सहजीकरणका लागि राजपुर गाउँपालिका शिक्षा शाखासँग सहयोग माग गर्ने निर्णय गरिएको छ । बसन्त पञ्चमीको अवसरमा स्थानीयस्तरमा सामाजिक कार्य गर्ने र आगामी बैठक नियमित रूपमा प्रत्येक महिनाको पहिलो शुक्रबार बस्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा राजपुर गाउँपालिकामा रहेका फेमिली प्याराडाइज इ.बो. स्कुल (मटेरिया), देउखुरी ग्रीनल्यान्ड इ.बो. स्कुल (बेला), राजपुर हिमालय बोर्डिङ स्कुल (चङ्गुवा) र बुद्ध किरण इ.बो. स्कुल (गंगदी) का प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *