सर्पको टोकाईबाट नया जीवन पाएकि रैनावति र रेनु

श्रवण कुमार यादव
राजपुर, १८ भाद्र । दाङको राजपुर गाउँपालिका-५, नौसहरा निवासी १६ वर्षीया रैनावति यादव र १२ वर्षीया रेनु यादवलाई मंगलबार साँझ सर्पले डस्यो ।

बेलुकी करिब ६ बजेकोे समयमा बारीमा घाँस काटेर घर फर्कदै गर्दा उनी दिदिबहिनीलाई बिषालु सर्प गोमन (कोब्रा)ले डसेको हो । बालिकाहरू घर फर्कने क्रममा चप्पल लगाउने बेलामा अचानक सर्पले दुबै बहिनीलाई एकैसाथ टोकेको पारिवारिक स्रोतले बतायो । तत्कालै परिवार र स्थानीयको पहलमा उनिहरुलाई गढवा सर्पदंश उपचार केन्द्रमा पुर्याइयो ।

समयमै उपचार प्राप्त भएपछि दुवै बालिकाको स्वास्थ्यमा सुधार आएको चिकित्सकले जनाएका छन् । विषको प्रभाव देखिएपछि डाक्टर, स्वास्थ्यकर्मी र नेपाली सेनाको निरन्तर प्रयासले उपचार सफल भयो । अन्तत: चिकित्सकले दुबै दिदिबहिनी खतरा मुक्त भएको बताए । उपचार पश्चात् सामान्य हुँदै गएपछि रेनुको बुधवार बिहान डिस्चार्ज भयो । रैनावती भने अझै उपचार केन्द्रमै उपचाररत छिन् । यद्यपि उनिपनि खतरामुक्त भईसकेकी छिन् । अत्यधिक बिषालु मानिने गोमन सर्पको टोकाईबाट घाईते भएका दिदिबहिनीको जीवन सुरक्षित भएको सर्पदंश उपचार केन्द्र गढवाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *