सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई प्याब्सनकाे चुनाैती

महेश बस्नेत
दाङ, १३ भाद्र । प्रतिनिधि सभाकाे शिक्षा तथा प्रविधि समितिले संसदमा पेश गरेकाे विद्यालय शिक्षा विधेयक २०८० विरुद्ध निजी विद्यालयका छाता संगठनहरुले आन्दाेलन जारी राखेका छन् । 

शुक्रबार घाेराहीमा भएकाे बृहत् खबरदारी सभालाई सम्बाेधन गर्दै प्याब्सनका निवर्तमान केन्द्रीय सचिव यादव गिरीले सांसदहरुकाे सम्पत्ति गैह्रनाफामूलक बनाउन सरकारलाई चुनाैती दिए । सभाका प्रमुख वक्ता समेत रहनुभएका गिरीले आफ्ना कराेडाैंका सम्पत्ति गैह्रनाफामूलक बनाएर राज्यलाई हडप्न नदिने दृढता व्यक्त गरे । सभालाई सम्बाेधन गर्दै प्याब्सनका केन्द्रीय सदस्य रेशमबहादुर बुढाले विगतमा निजी विद्यालयलाई कम्पनीमा दर्ता गर्न बाध्य बनाएर अहिले गैह्रनाफामूलक बनाउन खाेज्नु न्यायाेचित नभएकाे उल्लेख गरे । यसैगरी प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापाले सरकारलाई विश्वभरिका निजी विद्यालयहरु के कसरी सञ्चालित छन् र उनीहरुका शैक्षिक मूल्य मान्यता र मापदण्ड के कस्ता छन् अध्ययन गर्न सरकारलाई आग्रह गरे । उनले प्याब्सनलाई सांसदहरुका विरुद्ध बहिस्कार आन्दाेलन गर्न बाध्य नबनाउन सुझाए ।

प्याब्सन दाङका सल्लाहकार जीवन आचार्यले सरकारकाे शून्य लगानीमा सञ्चालित निजी विद्यालयमाथि सरकारकाे हस्तक्षेप स्विकार्य नभएकाे स्पस्ट पारे । हिसान दाङका सचिव विष्णु देवकोटाले राज्यले दायित्वभार बहन गर्नुपर्ने लाखौं जनशक्तिलाई निजी विद्यालयले व्यवस्थापन गरेकाे याेगदान सरकारले नदेखेकाेप्रति असन्तुष्टि व्यक्त गरे । घाेराहीकाे भानुचाेकमा भएकाे खबरदारी सभालाई प्याब्सन घाेराहीका अध्यक्ष बालकृष्ण ओली, तुलसीपुरका अध्यक्ष डम्बर डाँगी, लमहीका अध्यक्ष नारायण भुसालले सम्बाेधन गरेका थिग । प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष एवम् आन्दाेलन परिचालन समितिका संयाेजक विरेन्द्र चन्दकाे विषय प्रवेशबाट सुरु भएकाे सभाकाे सहजीकरण सचिव आदिम केसीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *