आधा किलाे यार्सागुम्बा सहित दाङको अमिलियाबाट एकजना पक्राउ

घरसञ्चार

दाङ । प्रहरीले अमिलियाबाट राजस्व नतिरेको अवैध यार्सागुम्बासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्ला जिल्ला सिंजा गाउँपालिका–४ निवासी (हाल सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२ बस्ने ४८ वर्षीय शिवचन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । बुढालाई प्रहरीले लमही नगरपालिका–९ अमिलियाबाट ४९५ ग्राम यार्सागुम्बा र ९८ थान कस्तुरीको बिना जस्तो देखिने पदार्थसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गर्दा बुढाले चलाएको लु ५४ प ७८२७ नम्बरको मोटरसाइकलले लमही नगरपालिका–९ अमिलियामा पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि पक्राउ पर्ने डरले बुढा स्थानीय रिता चौधरीको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले सोमवार पक्राउ गरेको प्रहरी नायव उपरीक्षक शाहले बताए । प्रहरीले घटनाका सम्बन्धमा छानविनका लागि प्रमाणसहित बुढालाई डिभिजन वन कार्यालय लमही दाङमा बुझाइएको छ । पक्राउ परेका अभियुक्तमाथि वन पैदावारको अवैध ओसारपसार तथा ढुवानीको मुद्दामा वन ऐन बमोजिम कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *