राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद टुंगियो

भसुन शाही

मसुरिया । दाङको राप्ती गाउँपालिकामा केही दिनदेखि उत्पन्न सरसफाइ व्यवस्थापनसम्बन्धी समस्या अन्ततः समाधान भएको छ ।

गाउँपालिकाको कार्यालय मसुरियामा साेमबार गाउँपालिका र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरसफाइ व्यवस्थापन केन्द्रमा लगाइएको ताला तत्काल खोल्ने, त्यहाँ जम्मा भएको फोहोरलाई उचित तरिकाले व्यवस्थापन गर्ने र केन्द्रभित्र रहेको फोहोर पूर्णरूपमा व्यवस्थापन नभएसम्म गाउँबाट फोहोर संकलन कार्य स्थगित रहने सहमति भएपछि समस्या समाधान भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष पहलवान चौधरीले जानकारी दिए ।

वार्तामा गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा नं. २ का अध्यक्ष तथा प्रवक्ता पहलवान चौधरी,वडा नं. १ का अध्यक्ष गेमबहादुर खड्का, वडा नं. ३ का अध्यक्ष उमेश अधिकारी, वडा नं. ४ का अध्यक्ष बिरबहादुर चौधरी, वडा नं. ६ का अध्यक्ष दिपक कुमार चौधरी, वडा नं. ७ का अध्यक्ष सिताराम चौधरी, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरी, कार्यपालिका सदस्यहरू तथा केही कर्मचारीहरूको सहभागिता रहेको थियो ।

त्यस्तै, आन्दोलनरत स्थानीयहरुकाे तर्फबाट संयोजक अशोक चौधरी, बुद्धिराम चौधरी, चैनकुमार चौधरी, मिना चौधरी, सङ्गीता चौधरीलगायतको सहभागीता रहेको थियो ।वडा नम्बर २ पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन केन्द्रमा फोहोर उचित रूपमा व्यवस्थापन नभएको भन्दै कठाहाका स्थानीयहरूले गत सोमबारदेखि केन्द्रमा ताला लगाई आन्दोलित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *