राप्तीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु

तुल बहादुर कवँर मगर

मसुरीया २८,कार्तिक । दाङको राप्ती गाउँपालिका वडा नं. ४ माैरीघाटमा शुक्रबारदेखि राप्ती गाउँपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।

श्री माध्यमिक विद्यालय माैरीघाटको आयोजना तथा राप्ती गाउँपालिकाकाे सहयोगमा प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष तथा प्रतियोगिताको व्यवस्थापन तथा निर्देशक समितिका संयाेजक प्रकाश विष्टको अध्यक्षता सुरु भएको खेलकुद प्रतियोगिताकाे उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गर्नुभएको हाे । उद्घाटन समारोहमा सांसद थारुले खेलकुद मानिसलाई स्वस्थ, अनुशासित बनाउनका साथै सामाजिक एकता तथा शारीरिक तन्दुरुस्तीका लागि आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले खेलले मानव जातिको शारीरिक विकासमा पनि योगदान पुग्ने बताए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रतियोगिताले स्थानीय स्तरबाटै खेलाडी उत्पादन गर्न मद्दत गर्ने र खेलकुदमार्फत पालिकालाई देश तथा विदेशमा चिनाउन सकिने उल्लेख गरे । कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक ,दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा जनप्रतिनिधि ,विभिन्न राजनैतिक दलका प्रमुख,सुरक्षाकर्मी,शिक्षक तथा विद्यार्थीहरुकाे सहभागीता रहेको थियोे ।

राप्ती गाउँपालिका वडा नं.४ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बीरबहादुर चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक बासुदेव रिजालले गरेका थिए ।प्रतियोगितामा २१ सामुदायिक र १४ संस्थागत गरि ३५ विद्यालयका विद्यार्थीहरूको सहभागीता रहेको छ । प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते लगायतका खेलहरु समावेश गरिएको छ ।

खेल अवधिभर २२ प्रशिक्षक र ८ सय ३७ जना खेलाडीहरूको १ लाख बराबरको बीमा समेत गरिएको छ । कार्यक्रम सुरु हुनुअघि सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले मार्च पास समेत गरेका थिए । खेल कार्तिक २८ देखि ३० गते सम्म तीनदिन माध्यमिक विद्यालय माैरीघाटको प्राङ्गणमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *