लमहीमा बसको ठक्करबाट एकजनाको मृत्यु

घरसञ्चार

दाङ । देउखुरीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका–५ सिङ्गे निवासी अन्दाजी ६५ वर्षीय राम प्रसाद भट्टराईको बसको ठक्करबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहिवार र दिउँसो करिब १ बजे लमही नगरपालिका–५, लमही बजारस्थित प्रतिष्ठा पेट्रोल पम्प नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले भट्टराईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका भट्टराईलाई लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिएर फरार भएको उक्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसलाई नर्तिबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोशनराज पाण्डेयले जानकारी दिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *