देउखुरीमा मोटरसाईकल दुर्घटनामा परी एकजनाको मृत्यु
घरसञ्चार
दाङ, कार्तिक ५ । देउखुरीमा मोटरसाईकिल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी बर्ष अन्दाजी ३५ का देब नारायण चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।
राती करिब सवा दुईबजे लमही तर्फ जाँदै गरेको रा २ प ४९१२ नम्बरको मोटरसाईकिल पुर्ब-पश्चिम राजमार्गको हसनापुर जँगलमा अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा सख्त घाईते भएका चौधरीको राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक चौधरी नेपाल प्रहरीका पुर्ब हवल्दार हुन ।





