दाङका प्रजिअ अर्याल र जिल्ला प्रहरी प्रमुख श्रेष्ठलाई लमहीमा स्वागत

टेकबहादुर पुन
दाङ । दाङका प्रमुख जिल्ला अधिकारी बिशवप्रकाश अर्याल र जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठलाई लमहीमा स्वागत गर्दै भेटघाट गरिएको छ ।
देउखुरी उद्योग वाणिज्य संघ लमहीले जिल्लामा हालै सरुवा भई आएका (प्रजिअ) विश्व प्रकाश अर्याल र जिल्ला प्रहरी प्रमुख (जिप्रका प्रमूख) श्रेष्ठलाई स्वागत तथा भेटघाट कार्यक्रमका माध्यमबाट सम्मान गरिएको हो । संघले बुधवार लमहीमा एक कार्यक्रम गरि दाङको आर्थिक, औद्योगिक र सामाजिक विकासमा सहकार्यका सम्भावनाबारे विस्तृत छलफलसमेत गरिएको थियो ।
संघका अध्यक्ष कमल जङ सिंह ठकुरीको अध्यक्षता तथा प्रजिअ विश्व प्रकाश अर्यालको प्रमख आतिथ्यता एबम् जिल्ला प्रहरी प्रमुख दिपक श्रेष्ठको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो । संघका पदाधिकारी, व्यापारी, उद्योगी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष केशवराज पोखरेलले प्रस्तुत स्वागत मन्तब्य ब्यक्त गरेका थिए । उनले नयाँ प्रशासनिक नेतृत्व दाङमा आउँदा व्यापारिक क्षेत्र उत्साहित भएको बताउँदै, उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनबीचको सहकार्यले व्यवसायिक वातावरणलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनले व्यापारिक क्षेत्रमा देखिएका केही चुनौतीहरू—जस्तै कर प्रणाली, अनुगमन, भाडा समस्या र सुरक्षासम्बन्धी विषय—उठाउँदै समाधानका लागि सहकार्यको आग्रह गरे ।
कार्यक्रम संघका महासचिब हरिबहादुर थापाले संघले दाङ र देउखुरी क्षेत्रमा व्यापार, उद्योग, पर्यटन र कृषिमा आधारित अर्थतन्त्र विस्तारका लागि विभिन्न गतिविधि गर्दै आएको जानकारी दिए। उनले भने, “हाम्रो लक्ष्य केवल व्यापारिक हक अधिकारको संरक्षण होइन, समग्र क्षेत्रमा रोजगारी र उत्पादन बढाउने हो। त्यसका लागि प्रशासन, प्रहरी र निजी क्षेत्रबीचको सहकार्य अनिवार्य छ ।”

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बोल्दै दाङलाई प्रशासनिक रूपमा सक्षम, आर्थिक रूपमा सबल र नागरिकमैत्री जिल्ला बनाउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। उनले भने,
“दाङले कृषि, उद्योग र व्यापारका क्षेत्रमा अपार सम्भावना बोकेको छ। यी सम्भावनाहरूलाई मूर्त रूप दिनका लागि सरकारी निकाय, निजी क्षेत्र र नागरिक समाजबीचको सहकार्य अत्यावश्यक छ। प्रशासनले नीति निर्माण र कार्यान्वयनमा निष्पक्षता र पारदर्शिता अपनाउनेछ।”
उनले थपे, “हामी जनताको सेवामा खटिएका हौं। नागरिकका समस्या सुन्ने, समाधान गर्ने र उनीहरूको जीवनस्तरमा सुधार ल्याउने हाम्रो पहिलो दायित्व हो। उद्योग वाणिज्य संघजस्ता संस्थाहरूले उत्पादन र रोजगारी सिर्जना गर्दै देशको अर्थतन्त्रलाई टेवा दिइरहेका छन्, त्यसकारण प्रशासन सधैं सहयोगी भूमिकामा रहनेछ।” अर्यालले संघका पदाधिकारी र व्यवसायीहरूलाई स्थानीय उत्पादन प्रवर्द्धन, युवा उद्यमशीलता र स्वदेशमै लगानी गर्न प्रेरित गरे। उनले दाङलाई प्रदेशको आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावनाको चर्चा गर्दै संघलाई यस दिशामा नेतृत्वकारी भूमिका खेल्न आग्रह गरे।

त्यसैगरी, विशिष्ट अतिथि जिल्ला प्रहरी प्रमुख दिपक श्रेष्ठले दाङमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी सदैव सक्रिय रहेको बताउँदै व्यापारिक समुदायलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिलाए। उनले भने, “सुरक्षा र शान्ति बिना व्यवसाय सम्भव हुँदैन। हामी अपराध नियन्त्रण, ठगी, चोरी र अवैध कारोबारजस्ता गतिविधिमा शून्य सहनशीलता नीति अपनाउँछौं। व्यापारीहरू निश्चिन्त भएर आफ्नो व्यवसाय विस्तार गर्न सक्नुहुन्छ।”
श्रेष्ठले प्रहरी र उद्योगीबीच सूचनाको आदानप्रदान र सहयोगको सञ्जाल बलियो बनाउन आग्रह गर्दै सबैलाई सामाजिक उत्तरदायित्वप्रति सचेत रहन अनुरोध गरे।
कार्यक्रममा अध्यक्ष कमल जङ सिंहले दाङ र देउखुरीको आर्थिक उत्थानमा संघले निर्वाह गरिरहेको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रशासन र सुरक्षासँगको सहकार्यलाई प्राथमिकता दिने बताए। ठकुरीले भने, “हामी प्रशासन र सुरक्षासँग हातेमालो गरेर व्यापारिक हितसँगै सामुदायिक विकासका अभियानमा पनि अगाडि बढ्नेछौं।” कार्यक्रमको सहजिकरण संघका महासचिब हरिबहादुर थापाले गरका थिए ।।