सकुशल उद्दार गरिएकाे पुतलि कछुवा अजम्मरी तालमा छाडियाे

घरसञ्चार
देउखुरी, ६ असाेज । लमहीमा पुतलि कछुवा फेला परेको छ । लमही नगरपालिका वडा ३ मजगाउँमा स्थानीयले फेला पारेका हुन् । स्थानीय विजय चाैधरीले साेमबार बिहान ९ बजे भालुवाङ् जाने क्रममा पूर्वपश्चिम राजमार्गमा फेला पारेपछि वन्यजन्तु उद्दारकर्ता शिवु खनाल र अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजाललाई खबर गरेका थिए ।
वन्यजन्तु उद्दारकर्ता खनाल र वनमा अध्यक्षका रिजालले संयुक्तरूपमा उक्त कछुवालाई उद्दार गरि लमहीमा रहेको जैविक विविधता ग्रीनपार्कमा स्थित अजम्मरी पाेखरीमा छाेडिदिएका हुन । जलथल जङ्गलको विषयमा वन्यजन्तु अध्ययन अनुसन्धानमा लामो समयदेखि क्रियाशील रहेका चिरञ्जीवी खनालका अनुसार यो कछुवा विरलै मात्र पाइन्छ । रङ्गिन कण उत्पादन गर्ने आनुवंशिक तावमा हुने फेरबदल तथा उत्परिवर्तनले कछुवामा यस्तो अवस्था आउने उनले बताए । कछुवाको जाति दुर्लभ नभए पनि यो प्रजातिमा यस्तो अवस्था चाहिँ निकै दुर्लभ हुने उनको भनाइ छ ।।