स्वर्गीय खुमबहादुर खड्का स्मृति फुटबल प्रतियोगिता हुने

घरसञ्चार
दाङ,१८ भदौ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्को सम्झनामा फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल तरुण दल घोराही उपमहानगरपालिका–१० को आयोजनामा ‘स्वर्गीय खुमबहादुर खड्का स्मृति फुटबल प्रतियोगिता–२०८२’ हुन थालेको हो । प्रतियोगिता यहि भदौ २८ गतेदेखि असोज ३ गतेसम्म घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित वि.पि. बाटिका खेल मैदानमा सञ्चालन हुने आयोजक नेपाल तरुण दल घोराही–१० समितिले जानकारी दिएको छ ।
खेलकुद क्षेत्रको विकाससँगै स्वर्गीय नेता खड्काको योगदानलाई नयाँ पुस्तामाझ पुर्याउँदै संगठन निर्माण सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको दाङ जिल्लास्तरीय खुल्ला फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ७० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक संघर्ष वलीले जानकारी दिएका छन् ।

खेल संयोजक वलीका अनुसार द्वितीय हुने टिमले नगद ३५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर र मिडफिल्डरलाई नगद दुई हजार पाँच सयसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागीताका लागि टिम दर्ता शुल्क ६ हजार शुल्क व्यवस्था गरिएको र सहभागी टिम भदौ २६ गतेसम्म दर्ता भइसक्नुपर्ने आयोजकले जनाएको छ । प्रतियोगिता फिफा र आयोजकको नियमअनुसार नकआउट चरणमा सञ्चालन गरिनेछ ।