मोटरसाइकल दुर्घटनामा घाइते भएका चौधरीलाई प्लेनबाट काठमाडौं लगियो

घरसञ्चार
तुलसीपुर, १७ भदौ । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एकजनालाई काठमाडौं रिफर गरिएको छ । दुर्घटनमा परी गम्भिर घाइते भएका शान्तिनगर गाउँपालिका–२ का ३१ बर्षीय जगत बहादुर चौधरीलाई थप उपचारका लागी काठमाडौं पठाईएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार तुलसीपुरको गुम्राहचोकबाट बिरेन्द्र चोकतर्फ जाँदै गरेको रा ७ प ८६३९ नम्बरको मोटरसाइकल गएराती ११ बजेको समयमा तुलसीपुरको मदनआश्रित चोकको बिचमा रहेको आइलनमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी मंगलबार हड्डीसम्बन्धि डाक्टरलाई देखाउने गरी डिस्चार्ज गरिएको थियो ।

त्यसपछी उनलाई थप उपचारको आवश्यक परेपछी नेपालगञ्ज हुदै प्लेनमार्फत काठमाडौं लगिएको घाइतेका दाई खुसीराम चौधरीले जानकारी दिए । मादक पदार्थ सेवन गरी तिब्र गतिमा मोटरसाइल चलाएका कारण अनियन्त्रित भएर ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भिर अबस्था रहेपनि अहिले सामान्य हुदै गएको पारिवारिक स्रोतको भनाई छ । अधिकांस सवारी दुर्घटना मादक पदार्थ सेवनकै कारण हुने गरेको भन्दै ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख लक्ष्ण ऐरीले सवारी चालकहरुलाई विशेष सचेतना अपनाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *