लुम्बिनी प्रदेशमा सात वर्षमा सात सय ४५ किलोमिटर नयाँ सडक

अमरराज आचार्य
दाङ, १७ भदौ । लुम्बिनी प्रदेशमा सात वर्षको अवधिमा सात सय ४५ किलो मिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि ०८१/०८२ सम्म प्रदेशका बाह्र जिल्लामा सात सय ४५ किलोमिटर सडकको नयाँ ट्रयाक खोल्ने काम गरिएको हो ।

भौगोलिक क्षेत्रमा सडकको नयाँ ट्रयाक खोलिएसँगै नागरिकलाई सडक सुविधा पुगेको मन्त्रालयले जनाएको छ । यस अवधिमा एक हजार नौ सय नौ किलोमिटर सडक विस्तार, एक हजार छ सय ४५ किलोमिटर ग्राभेल, एक हजार तीन सय छ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यसैगरी पाँच हजार आठ सय ७२ वटा कल्भर्ट बजवे, १०९ दशमलव शून्य चार किलोमिटर ढलान गरेर सडक निर्माण, एक सय ८० वटा सडक पुल र ६१ वटा झोलुङ्गे पुल निर्माण गरिएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । मन्त्रालयको प्रतिवेदन अनुसार प्रदेशका १२ वटै जिल्लामा सडकको नयाँ ट्रयाक निर्माण, सडक विस्तार, ग्राभेल, कालोपत्रे, कल्भर्ट कज्वे, सडक ढलान, सडक पुल, झोलुङ्गे पुल निर्माण भएको हो । ग्रामीण बस्तीलाइरु सडक सञ्जालसँग जोड्न तथा बनिसकेका सडकका स्तरोन्नतिलाई प्राथमिकता दिएर काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

लुम्बिनीमा आर्थिक वर्ष ०७५/०७६ मा एक सय १६ किलोमिटर सडकको नयाँ ट्रयाक निर्माण गरिँदा पाँच सय १५ किलोमिटर सडक विस्तार गरिएको थियो । यसैगरी दुई सय ४८ किलोमिटर सडक ग्राभेल, दुई सय किलोमिटर सकड कालोपत्रे, चार सय ८४ वटा कल्भर्ट बजवे, दुई दशमलव एक किलोमिटर सडक ढलान, पाँच वटा सडक पुल र पाँच वटा झोलुङ्गे पुल निर्माण गरिएको थियो । यसैगरी आर्थिक वर्ष ०७६/०७७ मा ९९ किलोमिटर सडकको नयाँ ट्रयाक निर्माण गरिँदा दुई सय ९९ किलोमिटर सडक विस्तार, दुई सय पाँच किलोमिटर सडक ग्राभेल, एक सय ५३ किलोमिटर सडक कालोपत्रे गरिएको हो । यसैगरी आठ सय ९७ वटा सडक कल्भर्ट बजवे, एक दशमलव आठ किलोमिटर ढलान गरी सडक, १० वटा सडक पुल निर्माण गरिएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी आर्थिक वर्ष ०७७/०७८ मा ९९ किलोमिटर सडको नयाँ ट्रयाक निर्माण गरिँदा तीन सय १६ किलोमिटर सडक विस्तार, दुई सय ७० किलोमिटर सडक ग्राभेल, एक सय ९४ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यसैगरी नौ सय ६८ वटा कल्भर्ट बजवे, सात दशमलव नौ किलोमिटर सडक ढलान, १७ वटा सडक पुल र सात वटा झोलुङ्गे पुल निर्माण भएका थिए । यसैगरी आर्थिक वर्ष ०७८/०७९ मा एक सय २१ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिँदा दुई सय ७५ किलोमिटर सडक विस्तार, दुई सय ६५ किलोमिटर सडक ग्राभेल, दुई सय दुई किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यसैगरी नौ सय ९६ वटा कल्र्भट बजवे, २० दशमलव दुई किलोमिटर सडक ढलान, ४० वटा सडक पुल र ११ वटा झोलुङ्गे पुल निर्माण भएको थियो ।

यसैगरी आर्थिक वर्ष ०७९/०८० मा ९१ किलोमिटर सडकको नया ट्रयाक खोलिँदा एक सय ८५ किलोमिटर सडक विस्तार, दुई सय ७१ किलोमिटर सडक गाभ्रेल, दुई सय ३१ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यसैगरी एक हजार एक सय नौ वटा कल्भर्ट बजवे, २३ किलोमिटर सडक ढलान, २९ वटा सडक पुल र छ वटा झोलुङ्ग्रे पुल निर्माण गरिएको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । यसैगरी आर्थिक वर्ष ०८०/०८१ मा ९४ किलोमिटर नयाँ सडकको ट्रयाक खोलिँदा एक सय ५५ किलोमिटर सकड विस्तार, दुई सय १० किलोमिटर सडक ग्राभेल, एक सय ५० किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यसैगरी पाँच सय ७४ वटा कल्भर्ट बजवे, १८ किलोमिटर सडक ढलान, ३९ वटा सडक पुल र १७ वटा भोलुङ्गे पुल निर्माण भएका थिए ।

यसैगरी आर्थिक वर्ष ०८१/०८२ मा एक सय सय २५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिँदा एक सय ६४ किलोमिटर सडक विस्तार, एक सय ७६ किलोमिटर सडक ग्राभेल, एक सय ७६ किलोमिटर सडक कालोपत्रे गरिएको थियो । यसैगरी आठ सय ४४ वटा कल्भर्ट बजवे, ३६ दशमलव शून्य चार किलोमिटर सडक ढलान, ४० वटा सडक पुल र १५ वटा झोलुङ्गे पुल निर्माण भएको मन्त्रालयसँग तथ्याङ्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *