दाङमा ६० औँ सिडिओकाे रूपमा बिश्वप्रकाश अर्याल

घरसञ्चार
दाङ । दाङको प्रमुख जिल्ला अधिकारीमा विश्वप्रकाश अर्याल आएका छन् । उनि सिराहबाट सरुवा भएर दाङ आएका हुन् ।
अर्याल दाङको ६० औँ प्रमुख जिल्ला अधिकारी हुन । यसअघिका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको कैलाली सरुवा भएपछि अर्याल दाङको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका हुन ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ११ निवासी अर्याल वि.स.२०५३ सालदेखि निजामति सेवामा प्रवेश गरेका थिए । उनलाई जिल्ला प्रशासन कार्यालय दाङमा स्वागत गरिएको छ । उनी बिहिवारदेखी नियमित कामकाजमा खटिएका छन् ।